मंगलबार, असार ३, २०८२

डीआईजी सिंहले दिए राजीनामा

प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवाको लाइनमा रहेका बेला जन्ममिति विवाद सार्वजनिक भएपछि सिंहले दिए राजीनामा।
 |  बुधबार, फागुन १०, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, फागुन १०, २०७९

काठमाडौं– नयाँ प्रहरी प्रमुख (आईजीपी)को लाइनमा रहेको ठानिएका प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले राजीनामा दिएका छन्। आगामी चैतमा हालका आईजीपी धीरजप्रताप सिंह सेवानिवृत्त हुँदै छन्।

हाल सुदूपश्चिम प्रदेश प्रहरी कार्यालय प्रमुख रहेका डीआईजी सिंहले प्रहरी मुख्यालय पुगेर राजीनामा दिएका हुन्। प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवाको दौडमा रहेका बेला जन्ममिति विवाद सार्वजनिक भएपछि सिंहले राजीनामा दिएको बताइन्छ।

सिंहको नागरिकता र प्रहरी सिटरोलमा रहेको उमर फरक–फरक भेटिएपछि प्रहरी प्रधान कार्यालयले आन्तरिक छानबिन थालेको थियो ।

सिंहले पेस गरेको २२ जेठ २०४२ मा जारी नागरिकता प्रमाणपत्रको प्रतिलिपिमा उनको उमेर १८ वर्ष जनिएको छ। जिल्ला प्रशासन कार्यालय कैलालीबाट जारी नागरिकताअनुसार उनको जन्ममिति २०२४ हुनुपर्ने हो। प्रहरी प्रधान कार्यालयको विवरणमा नागरिकताअनुसार सिंहको जन्ममिति २२ जेठ २०२४ हुने उल्लेख छ।

प्रकाशित: Feb 22, 2023| 15:43 बुधबार, फागुन १०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।