सोमबार, वैशाख २२, २०८२

सेयर बजारमा १३ दिनपछि हरियाली

परिसूचक आज ३३.५७ अंकले बढेर २०८० अंकमा कायम भएको छ। १६५ कम्पनीको मूल्य बढ्दा ४९ को घट्यो भने ३ को स्थिर रह्यो।
 |  बुधबार, फागुन १०, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, फागुन १०, २०७९

सेयर बजार परिसूचक नेप्से १३ दिनपछि आज बुधबार बढेको छ। माघ २६ गतेदेखि निरन्तर ओरालो लागेको नेप्से आज बल्ल हरियो भएको हो।

परिसूचक आज ३३.५७ अंकले बढेर २०८० अंकमा कायम भएको छ। १६५ कम्पनीको मूल्य बढ्दा ४९ को घट्यो भने ३ को स्थिर रह्यो। कारोबार रकम भने १ अर्ब ८० करोडमा सीमित भएको छ। 

आज धेरैजसो उपसमूह बढ्दा लघुवित्त उपसमूह भने ६१ अंकले घटेको छ। बैंकिङ १६, विकास बैंक ८०, फाइनान्स ४८, होटल तथा पर्यटन ९४, जलविद्युत् ९६, जीवन बिमा १९६, उत्पादन ७१, निर्जीवन बिमा १८० तथा अन्य उपसमूह २६ अंक बढेको छ। धेरै मूल्य बढेका ५ कम्पनीमा सबै जलविद्युत् कम्पनी रहे भने धेरै घट्ने ५ कम्पनीमा सबै लघुवित्त कम्पनी परे। 

आदर्श लघुवित्तको मूल्य १० प्रतिशत घट्यो। खप्तड लघुवित्तको ७.८, उपकार लघुवित्तको ६.९, सिर्जनशील लघुवित्तको ५.८ तथा आधिखोला लघुवित्तको ५.१ प्रतिशत मूल्य घट्यो। कारोबार रकमका आधारमा हिमालयन डिस्टिलरी, जीवन विकास लघुवित्त, ग्लोबल आइएमई बैंक, एनआईसी एसिया बैंक र ङादी ग्रुप पावर क्रमशः अगाडि रहे।

प्रकाशित: Feb 22, 2023| 15:23 बुधबार, फागुन १०, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्