बिहीबार, वैशाख १८, २०८२

दार्चुलाको सामुदायिक वन क्षेत्र अतिक्रमण

सामुदायिक वनबाट वनजन्य पदार्थ चोरी तस्करी तथा वन जङ्गल जथाभावी फँडानी गर्ने गरेका कारण सामुदायिक वन अतिक्रमणको चपेटामा पर्न थालेका हुन्। डिभिजन वन कार्यालय दार्चुलाको तथ्याङ्क अनुसार दार्चुला जिल्लामा एक सय ७८ वटा सामुदायिक वन छन्।
 |  बुधबार, फागुन १०, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, फागुन १०, २०७९

खलंगा- सामुदायिक  वनबाट वनजन्य पदार्थ चोरी तस्करी तथा वन जङ्गल जथाभावी फँडानी  गर्ने गरेका कारण  सामुदायिक वन अतिक्रमणको चपेटामा पर्न थालेका हुन्। डिभिजन वन कार्यालय दार्चुलाको तथ्याङ्क अनुसार दार्चुला जिल्लामा एक सय ७८ वटा सामुदायिक वन छन्। 

तीमध्ये  मानिसको बस्ती नजिक भएका सामुदायिक वनको भूभाग अतिक्रमणको चपेटामा रहेको छ। सामुदायिक वनसँग सिमाना जोडिएका गाउँका स्थानीयले वन फँडानी गरी सामुदायिक वनको कतिपय क्षेत्र अतिक्रमण गरेका छन्। तर डिभिजन वन कार्यालय दार्चुलासँग भने सामुदायिक वनको अतिक्रमण भएको तथ्याङ्क छैन। 

जिल्लाभर १८ हजार ६ सय ६१  हेक्टर क्षेत्रफलमा सामुदायिक वन रहेको छ। यो मध्ये धेरैजसो सामुदायिक वनको सिमाना मानिसको बस्तीसँग जोडिएको छ। सामुदायिक वन अतिक्रमणसँगै वन जङ्गलमा बसोबास गर्ने जीवजन्तुसमेत लोप हुन थालेको शैल्यशिखर नगरपालिका–६ सतपातली वन उपभोक्ता समितिका अध्यक्ष दामोदरसिंह धामीले बताए। उनले भने, 'केही वर्ष पहिला सामुदायिक बनमा बसोबास गर्ने कालिज, चित्तल , बाघ, घोरल, जरायो आदि जीवजन्तुले बासस्थान छोड्न थालेका छन्।'

वन जङ्गलमा स्थानीय सरकारले जथाभावी सडक खन्दा रुख काटिन थालेपछि  सामुदायिक वन मासिन थालेको स्थानीयवासीको भनाइ छ। सामुदायिक वनको अतिक्रमण गरिएको क्षेत्रबारे डिभिजन वन कार्यालयसँग कुनै पनि तथ्याङ्क नरहेको जिल्ला वन कार्यालय दार्चुलाका सूचना अधिकारी केशव जोशीले बताए।

डिभिजन वन कार्यालय दार्चुलाले भने सामुदायिक वन स्थानीयस्तरमा गठन गरिएका र सामुदायिक वन उपभोक्ता समितिलाई हस्तान्तरण गरेकोले संरक्षणको जिम्मेवारी स्थानीय तहले गर्नुपर्ने छ। सामुदायिक वन संरक्षणको दायित्व वन कार्यालयसँगै स्थानीय उपभोक्ताको पनि रहेको सूचना अधिकारी जोशीको भनाइ छ।

Metro Mart
worldlink

सामुदायिक वन भू–भाग अतिक्रमण गरेको र चोरी सिकारी,फँडानी गरेको जानकारी पाइएमा कानुन बमोजिम कारबाही गरिने उनको भनाइ छ। सामुदायिक वन संरक्षणको लागि सबै भन्दा वन उपभोक्ता समिति जागरुक हुनुपर्छ। वन उपभोक्ता समूहलाई नै परिचालन गरी सामुदायिक वनमा भएको अतिक्रमण व्यवस्थापन गरी पुनः वन क्षेत्र कायम गर्ने प्रयास भइरहेको जिल्ला वन कार्यालय दार्चुलाका डिभिजन वन अधिकृत प्रमानन्द कुँवर बताउँछन्।

प्रकाशित: Feb 22, 2023| 15:13 बुधबार, फागुन १०, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।