सोमबार, वैशाख २२, २०८२

गुल्मीमा बटुलिँदै राँगाको तथ्यांक

पालिकाले दूध उत्पादनमा प्रोत्साहन, भैंसीपालनमा किसानलाई प्रेरित गर्न राँगाको तथ्यांक संकलन थालेको हो।
 |  बुधबार, फागुन १०, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, फागुन १०, २०७९

गुल्मी– गुल्मीको सत्यवती गाउँपालिकाले  राँगाको तथ्यांक संकलन गर्ने भएको छ। भैंसीपालनलाई व्यवस्थित गर्न सत्यवती पालिकाले राँगाको तथ्यांक संकलन थालेको हो।

गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक नारायणप्रसाद खनालका अनुसार यसबारे पालिकाले किसानसँग छलफल गरिरहेको छ। राँगा पाल्ने तीन किसानलाई ३ हजारसहित सम्मानसमेत गरिएको खनालले बताए। ‘राँगाको यथेष्ट तथ्यांक संकलन गरी योजना बनाउँदै छौं’, उनले भने।

गाउँपालिका अध्यक्ष टीकाराम पाण्डेले दूध उत्पादनमा प्रोत्साहन, भैंसीपालनका लागि प्रेरित गर्न तथा पशुपालनतर्फ आकर्षित गर्न राँगाको तथ्यांक संकलन गर्न लागिएको बताए। ‘राँगाको नश्ल सुधारको योजना छ’, उनले भने। गाउँपालिकाले ५० प्रतिशत अनुदानमा उन्नत जातका राँगा किसानलाई वितरण गर्दै आएको छ।

गाउँपालिकाले यस वर्ष १३ उन्नत जातका राँगा किसानलाई वितरण गर्दै छ। राँगाको तथ्यांक संकलन गरी बिमासमेत गाउँपालिकाले गर्ने योजना बनाएको छ। पशुसम्बन्धी कार्यक्रमको सहजताका लागि यथेष्ट तथ्यांक अभिलेख गर्ने गाउँपालिकाको तयारी छ।

प्रकाशित: Feb 22, 2023| 14:39 बुधबार, फागुन १०, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्