बिहीबार, वैशाख १८, २०८२
  • गृहपृष्ठ
  • समाज
  • 'अस्पतालको लापरबाही'ले छोरी गुमाएपछि न्याय माग्दैछन् यी बुबाआमा

'अस्पतालको लापरबाही'ले छोरी गुमाएपछि न्याय माग्दैछन् यी बुबाआमा

उनीहरुले अस्पताल र डाक्टरले लापरबाही गरेको भन्दै मेडिकल काउन्सिल र प्रहरीमा पनि उजुरी दिएका छन्।
 |  बुधबार, फागुन १०, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, फागुन १०, २०७९

काठमाडौं- अस्पताल र चिकित्सकको लापरबाहीका कारण २८ महिनाकी छोरी गुमाउनुपरेको भन्दै मोरङका एक दम्पतीले काठमाडौंको नक्सालस्थित हिमाल अस्पतालसँग उचित क्षतिपूर्तिको माग गरेका छन्।

गौरव दर्पण र गंगा गौतमले आफ्नी छोरी प्रशंसाको उपचारका क्रममा लापरबाही भएका कारण ज्यान गएको भन्दै सो अस्पताल र त्यहाँ कार्यरत चिकित्सक जयदेव यादवसँग क्षतिपूर्ति माग गरेका हुन्।

उनीहरुले अस्पताल र डाक्टरले लापरबाही गरेको भन्दै मेडिकल काउन्सिल र प्रहरीमा पनि उजुरी दिएका  छन्।

अस्पतालमा धर्ना

नक्सालस्थित हिमाल अस्पतालको आकस्मिकबाहेकका सबै सेवा प्रभावित भएको छ। बालिका प्रशंसा गौतमको न्यायका लागि भन्दै पीडित पक्षले बुधबार अस्पतालभित्रै नाराबाजीसहित धर्ना दिएपछि सेवा प्रभावित भएको हो।

Metro Mart
worldlink

पीडित पक्षले अस्पताल व्यवस्थापनसँग उचित क्षतिपूर्तिको माग गर्दै धर्ना दिइरहेका छन् भने चिकित्सक यादवमाथि आक्रोशित हुँदै छानबिन गरी कडा कारबाही गर्न पनि माग गरिरहेका छन्। उनीहरूले ‘मान्छे मार्न पाइँदैन’ ‘ज्यानमारा चिकित्सक चाहिँदैन’जस्ता नाराबाजी लगाउँदै अस्पतालको मुख्य गेटमा ताला लगाइदिएका छन्।

पीडित पक्षले अस्पताल व्यवस्थापनले तत्काल आफूहरूको माग सम्बोधन नगरे अस्पतालमा तोडफोडसमेत गर्न बाध्य हुने चेतावनी दिएका छन्। पीडितले चिकित्सक यादवको लाइसेन्स खारेज गर्न र आफूहरूलाई उचित क्षतिपूति दिलाउन माग गर्दै नेपाल मेडिकल काउन्सिल, नेपाल मेडिकल एसोसिएसन, जिल्ला प्रशासन कार्यालय काठमाडौं र प्रहरी परिसर टेकुमा पनि उजुरी दिएका छन्। त्यसको बोधार्थ हिमाल अस्पताललाई पनि दिइएको छ।

भएको के थियो?

बुबा गौरवका अनुसार सामान्य रुघाखोकी लागेकी छोरीलाई उनीहरुले हिमाल अस्पतालमा माघ २३ गते पुर्‍याएका थिए। उपचारको क्रममा डाक्टर यादवले सामान्य परीक्षण समेत नगराई औषधि चलाएको, कान्ति बाल अस्पतालमा उपचारका लागि रिफर लेटर पठाउँदा चिकित्सकको हस्ताक्षर र अस्पतालको स्टयाम्प समेत नभएको र अस्पतालले मेडिकल रेकर्ड समेत नदिएर आफ्नी छोरीको ज्यान गएको उनीहरुको आरोप छ।

अन्तिम अवस्थामा बिरामी नबाँच्ने भएपछि महाराजगन्जस्थित मेट्रो अस्पताल पुर्‍याएका थिए। त्यहाँ पुर्‍याएको दुई घण्टा पनि नबित्दै प्रशंसाको मृत्यु भएको थियो। हिमाल अस्पतालका चिकित्सक यादवकै लापरबाहीका कारण छोरीको ज्यान गएको पीडित गंगा गौतमको बुझाइ छ। उनले रुघाखोकी र ज्वरो आएको नानीलाई अस्पतालले सामान्य परीक्षण समते नगराई औषधि दिएका कारण ज्यान गुमाउनुपर्ने अवस्था आएको बताइन्। गौतमले छोरीको उपचारमा लापरबाही गर्ने सो चिकित्सकको लाइसेन्स छानबिन गर्न नेपाल मेडिकल काउन्सिलमा पनि उजुरी पनि दिएका छन्।  

संगीतकर्मीसमेत रहेका गौरवको प्रेस विज्ञप्ति

प्रकाशित: Feb 22, 2023| 12:32 बुधबार, फागुन १०, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।