शुक्रबार, जेठ ३, २०८२

सांसद भण्डारीलाई मुखबाटै खुवाउन थालियो खाना

४ फागुनदेखि भारतको मुम्बईस्थित नेसनल बर्न सेन्टरमा उपचाररत भण्डारीलाई मंगलबारसम्म पाइपबाट खाना खुवाइँदै आएकामा बुधबारदेखि मुखबाट खुवाउन थालिएको हो।
 |  बुधबार, फागुन १०, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, फागुन १०, २०७९

काठमाडौं– खाना पकाउने ग्यास सिलिन्डर आगलागीमा परेर घाइते भएका कांग्रेस नेता एवं सांसद चन्द्र भण्डारीलाई मुखबाटै खाना खुवाउन थालिएको छ। ४ फागुनदेखि भारतको मुम्बईस्थित नेसनल बर्न सेन्टरमा उपचाररत भण्डारीलाई मंगलबारसम्म पाइपबाट खाना खुवाइँदै आएकामा बुधबारदेखि मुखबाट खुवाउन थालिएको सहयोगी योगराज कँडेलले  बताएका हुन्।

भण्डारीलाई प्रेसर मास्क अक्सिजनबाट ८ लिटर अक्सिजन दिइएकामा बुधबार बिहान ७ बजेबाट त्यसलाई घटाएर ६ लिटरमा झारिएको कँडेलको भनाइ छ। एन्टिबायोटिकले राम्रो काम गरेको, इन्फेक्सन न्यून भएको र ज्वरो नआएका कारण डराउनुपर्ने अवस्था नरहेको भण्डारीको उपचारमा संलग्न डा.मुकेश मिश्राले जानकारी दिएको कँडेलले बताए। 

पारामिटर सामान्य रहेका भण्डारीलाई भेट तीन सातापछि सकिने चिकित्सकले सुझाएका छन्। ३ फागुन राती साढे १० बजे बुद्धनगरस्थित निवासमा ग्यास सिलिन्डर विस्फोट हुँदा सांसद भण्डारीसहित आमा हरिकला घाइते भएका थिए। घटनालगत्तै दुवै जनालाई कीर्तिपुर बर्न अस्पतालमा उपचार गरिएको थियो।

उपचारका क्रममा आमा हरिकलाको गत बिहीबार बिहान निधन भएको थियो। नेता भण्डारीलाई नेपालमा यथोचित उपचार सम्भव नभएपछि गत बिहीबारै श्री एयरको विमानमार्फत भारतको मुम्बईस्थित नेसनल बर्न सेन्टरमा थप उपचारका लागि लगिएको थियो। नेता भण्डारीको दुवै हात र दुवै गोडा गरी २५ः३० प्रतिशत जलन भएको थियो।

प्रकाशित: Feb 22, 2023| 11:59 बुधबार, फागुन १०, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्