काठमाडौं– पर्यटन विभागले इजाजतबिना साहसिक पर्यटकीय पूर्वाधार साहसिक गतिविधिका नाममा सरकारको इजाजतबिनै पर्यटकीय पूर्वाधार निर्माण गरिन थालेपछि विभागले कारबाहीको चेतावनी दिएको हो।
निर्माण गर्दा कानुनअनुसार तोकिएको प्रक्रिया पूरा नगरेको देखिए कारबाही हुने बताएको छ। साहसिक गतिविधिका नाममा सरकारको इजाजतबिनै पर्यटकीय पूर्वाधार निर्माण गरिन थालेपछि विभागले कारबाहीको चेतावनी दिएको हो।
विभागका अनुसार पछिल्लो समय बन्जी जम्पिङ, स्विङ, क्यानोनिङ, स्काइ ड्राइभिङ, जिप फ्लाइङ, हाई रोप्स, स्काई वाक, प्याराग्लाइडिङ, अल्ट्रालाइट, फन पार्कजस्ता पूर्वाधार निर्माण बढिरहे पनि केहीले इजाजत लिएका छैनन्।
कतिपयले उद्योग, व्यवसाय दर्ता नगरी, इजाजत नलिई, नवीकरण नगराई सञ्चालन गरेको पाइएपछि विभागले सचेत गराएको हो। दर्ता नगरी वा इजाजत नवीकरण नगरी यस्ता व्यवसाय सञ्चालन गरे दण्ड–सजाय र जरिमाना प्रक्रिया थालिने विभागले स्पष्ट पारेको छ।