मंगलबार, असार ३, २०८२

बेलबारीमा बसको ठक्करबाट एक साइकलयात्रीको ज्यान गयो

पूर्व–पश्चिम लोकमार्गअन्तर्गत बेलबारी नगरपालिका–१ मा ना ५ ख ६९४२ नम्बरको बसले एकैपटक दुईवटा साइकललाई ठक्कर दिएको थियो।
 |  बुधबार, फागुन १०, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, फागुन १०, २०७९

काठमाडौं- मोरङको बेलबारीमा बुधबार बिहान यात्रुबहाक बसको ठक्करबाट एक साइकलयात्रीको मृत्यु भएको छ। साइकलमा सवार अर्का एक जना घाइते भएको प्रहरीले जनाएको छ। पूर्व–पश्चिम लोकमार्गअन्तर्गत बेलबारी नगरपालिका–१ मा ना ५ ख ६९४२ नम्बरको बसले  एकैपटक दुईवटा साइकललाई ठक्कर दिएको थियो।

दुर्घटनामा साइकलयात्री बेलबारी–२ का १९ वर्षीय लेखनाथ चौहानको मृत्यु भएको मोरङ ट्राफिक प्रहरी जनाएको छ। गम्भीर घाइते चौहानलाई उपचारका लागि विराटनगरको नोबेल शिक्षण अस्पताल ल्याइपुर्‍याउनासाथ चिकित्सकले मृत घोषित गरेका हुन्। 

बसको ठक्करबाट अर्को साइकलका यात्री बेलबारी–२ का १८ वर्षीय राम बस्नेत घाइते भएका छन्। बस र चालक स्याङ्जाको आँधीखोला गाउँपालिका–२ का ३८ वर्षीय नरेन्द्र दर्जीलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ।

प्रकाशित: Feb 22, 2023| 09:07 बुधबार, फागुन १०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।