दाङ- जागिरको प्रलोभन देखाएर भारतमा नेपाली युवती बेचबिखन गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय दाङले दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा दाङ घोराही उपमहानगरपालिका १४ बस्ने ३९ वर्षीय टोपली सार्की र सोही ठाउँका ५२ वर्षीय बिमुसा सार्की रहेका छन्।
सार्कीद्वयले पीडित युवतीलाई दुईसाता अघि भारतको चण्डिगढ वेश्यालयमा पुर्याएको भन्दै पीडितकी आमाले उजुरी दिएपछि उनीहरुलाई पक्राउ गरेको प्रहरीले बताएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख बिरबहादुर वलीका अनुसार पक्राउ परेका दुबैजनालाई मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको छ।