डा. सन्दुक रुइतले बहराइनको प्रतिष्ठित इसा अवार्ड प्राप्त गरेका छन्।
मंगलबार बहराइनको राजधानी मनामास्थित इसा सांस्कृतिक केन्द्रमा आयोजित विशेष समारोहमा राजा हमाद बिन इशा अल खालिफाले स्वर्ण पदकसहित १० लाख डलर अर्थात् करिब १३ करोड नेपाली रुपैयाँको पुरस्कार तथा सम्मान डा. रुइतलाई प्रदान गरेका हुन्।
यस वर्ष यो विधाको पुरस्कारका लागि १३९ मनोनयनमा थिए। डा.रुइतले यसअघि सन् २००६ मा फिलिपिन्सको रोमन मागासेसे अवार्ड, सन् २००७ मा अर्डर अफ अष्ट्रेलिया र सन् २०१८ मा भो पद्यश्री अवार्ड पाएका छन्। डा. रुइतले विकास गरेको सर्वसुलभ दरको आँखाको लेन्स विश्वका धेरै देशमा पुगेको छ। यसले गर्दा गरिबहरुले पनि दृष्टि पाएका छन्।