बुधबार, असार ४, २०८२
  • गृहपृष्ठ
  • समाज
  • मानसिक सन्तुलन गुमाएकी आमा दुई छोरासहित नहरमा हामफालिन्, तीनैको शव भेटियो

मानसिक सन्तुलन गुमाएकी आमा दुई छोरासहित नहरमा हामफालिन्, तीनैको शव भेटियो

उनको मानसिक सन्तुलन बिग्रिएको स्थानीयले बताएका छन्। उनका श्रीमान् भने वैदेशिक रोजगारीमा छन्।
 |  मंगलबार, फागुन ९, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन ९, २०७९

नवलपरासीको गण्डक नहरमा दुई छोरा लिएर आमा हामफालेकी छन्। आमासहित तीनै जना मृत भेटिएका छन्। 

नवलपरासीको सुस्ता गाउँपालिका-२ हरकपुराकी २९ वर्षीया प्रतिमा थारू ९ वर्षीय क्रिस र ७ वर्षीय सुमितलाई लिएर नहरमा हामफालेकी थिइन्। प्रहरी टोलीले घटनास्थलदेखि एक सय  मिटर तल तीनै जनाको शव फेला पारेको छ।

ती महिलाले आफ्नो दायाँ र बायाँ हातमा छोराहरूको हातलाई सलले बाँधेर नहरमा हामफालेको बताइएको छ। उनको मानसिक सन्तुलन बिग्रिएको स्थानीयले बताएका छन्। उनका श्रीमान् भने वैदेशिक रोजगारीमा छन्। 


प्रकाशित: Feb 21, 2023| 19:42 मंगलबार, फागुन ९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।