मंगलबार, वैशाख १६, २०८२

एमाले निकट खेलकुद महासंघको केन्द्रीय अध्यक्ष बने पर्शुराम

प्रदेश १ को राजधानी विराटनगरमा मंगलबार सम्पन्न महासंघको दोस्रो राष्ट्रिय महाधिवेशनले बस्नेतको अध्यक्षतामा १ सय ७१ सदस्यीय केन्द्रीय कार्यसमिति चयन गरेको हो।
 |  मंगलबार, फागुन ९, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन ९, २०७९

Metro Mart
worldlink

विराटनगर- एमाले निकट नेपाल खेलकुद महासंघको अध्यक्षमा पर्शुराम बस्नेत (कृष्ण) निर्वाचित भएका छन्। प्रदेश १ को राजधानी विराटनगरमा मंगलबार सम्पन्न महासंघको दोस्रो राष्ट्रिय महाधिवेशनले बस्नेतको अध्यक्षतामा १ सय ७१ सदस्यीय केन्द्रीय कार्यसमिति चयन गरेको हो। 

महाधिवेशनबाट बस्नेत सर्वसम्मत अध्यक्ष चयन भएका हुन्। अरु पदाधिकारी र केन्द्रीय कमिटीमा रहनेहरुको टुंगो लाग्न बाँकी छ। खेलकुद महासंघ प्रदेश १ का निवर्तमान इन्चार्ज सन्तोष वान्तवाले बाँकी पदाधिकारीसहित केन्द्रीय कमिटीमा रहनेको टुंगो लगाउन केही समय लाग्ने जानकारी दिए। त्यसको टुंगो अध्यक्ष मण्डलले लगाउने उनको भनाइ छ। 

उनले महासंघको सांगठनिक संरचना अनुसार अध्यक्ष १, उपाध्यक्ष ५, महासचिव १, सचिव ९ र कोषाध्यक्ष १ जना तथा अरु सदस्य रहने बताए। ‘महासंघको केन्द्रीय कमिटीमा प्रदेश १ र बाग्मतीबाट १५–१५ तथा अरु प्रदेशबाट ९–९ जनाको प्रतिनिधित्व रहने छ,’ वान्तवाले भने, ‘बाँकी समावेशी र खुला भूगोलबाट समेटिने छ।’ नेकपा (एमाले)को भातृ संगठन खेलकुद महासंघको दोस्रो महाधिवेशन यही फागुन ७ गतेबाट विराटनगरमा सुरु भएको थियो।

प्रकाशित: Feb 21, 2023| 18:54 मंगलबार, फागुन ९, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।