बिहीबार, वैशाख १८, २०८२

आफूखुसी भाडा असुलेपछि कुशे आवतजावतमा सास्ती

रातो प्लेटको यातायातका साधनले सार्वजानिक यातायातजस्तै गरेर भाडा असुलेर सञ्चालन गर्न नपाइने भए पनि सदरमुकामबाट कुशे आउने अधिकांश सवारीसाधन धेरै रकम उठाइरहेको सरोकारवालको गुनासो छ।
 |  मंगलबार, फागुन ९, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन ९, २०७९

जाजरकोट- हिउँदयाममा मात्र सडकको पहुँचमा हुने कुशे गाउँपालिकामा निजी सवारीसाधनले निर्धारित भाडाभन्दा बढी असुल गरेको पाइएको छ। रातो प्लेटको यातायातका साधनले सार्वजानिक यातायातजस्तै गरेर भाडा असुलेर सञ्चालन गर्न नपाइने भए पनि सदरमुकामबाट कुशे आउने अधिकांश सवारीसाधन धेरै रकम उठाइरहेको सरोकारवालको गुनासो छ।

जाजरकोटबाट काठमाडौँ गएको भन्दा बढी भाडा सदरमुकामबाट कुशे गाउँपालिकाको प्रशासकीय केन्द्र भाम्र आएको भाडा रहेको बताइएको छ। रातो प्लेटमा सञ्चालनमा रहेको निजी सवारीसाधनले यात्रुलाई राखेर जबर्जस्ती भाडा असुल गरिरहेको स्थानीय कर्णबहादुर थापाले गुनासो गरे। कुशे आवत जावत गर्न सास्ती हुनेगरेको यात्रुको भनाइ छ।

पाँच यात्रु अट्ने गाडीमा २० यात्रु राखेर गाडी चलाएको प्रहरीले देखे पनि नियन्त्रणतर्फ ध्यान नदिएको उनले बताए। गाउँपालिकाको केन्द्र जोड्ने सरुगाडमा पुल नहुँदा अर्को समस्या हुँदैआएको छ। साविकको पैँक, ढिक, खुर्पा, समाइलालगायतका ठाउँलाई पालिकासँग जोड्नका लागि सरुगाड पार गर्नुपर्ने हुन्छ। पालिका भार्म सरुगाडभन्दा पारिपट्टि छ। अर्छानी, टालेगाउँ लगायतका ठाउँसमेत सरुगाडभन्दा पारिपट्टि छन्। हिउँदयाममा खोलाको पानी कम भए पनि वर्षायाममा यो बाटोमा यातायातका साधन खोलाकै कारण ठप्प हुँदैआएका छन्। गाउँपालिका स्थापना भएको पहिलो कार्यकाल पूरा भएर दोस्रो काल सुरु हुँदासम्म सडक र पुल निर्माणमा ध्यान नजाँदा सर्वसाधारणले हैरानी खेप्नुपरेको छ।

सबै पालिकाको मुकामका पक्की सडक निर्माण गर्ने सङ्घीय सरकारको नीति रहेको छ। कुशेमा यातायातको साधन चढ्न निकै मुस्किलमात्र होइन, चुनौतीसमेत हुँदैगएको सर्वसाधारण बताउँछन्। छेडा–कुशे र खलङ्गा–कुशे सडक स्तरोन्नतिमा ध्यान नदिए बर्सेनि यहाँका नागरिकले दुःख पाउने क्रम नरोकिने सर्वसाधारण बताउँछन्। रासस

प्रकाशित: Feb 21, 2023| 19:20 मंगलबार, फागुन ९, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।