बुधबार, असार ४, २०८२

जसले सर्लाहीलाई चिनाएको छ

मानवनिर्मित भरत ताल निर्माणका लागि हालसम्म करिब ९८ करोड खर्च भएको वाग्मती नगरपालिकाका नगरप्रमुख भरतकुमार थापाले जानकारी दिए।
 |  मंगलबार, फागुन ९, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन ९, २०७९

सर्लाही- सर्लाहीको वाग्मती नगरपालिका–४ र १२ मा निर्माणाधीन भरत ताल पर्यटकीय गन्तव्य बनेको छ। यहाँ आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढ्दै गएको छ। हाल उक्त ताल निर्माणाधीन अवस्थामा छ।

मानवनिर्मित भरत ताल निर्माणका लागि हालसम्म करिब ९८ करोड खर्च भएको वाग्मती नगरपालिकाका नगरप्रमुख भरतकुमार थापाले जानकारी दिए। बहुउद्देश्यीय परियोजनालाई पूर्णता दिन अझै एक अर्ब लगानी गरिने र  उक्त ताललाई बहुउद्देश्यीय परियोजनाका रूपमा विकास गर्ने योजना रहेको उनको भनाइ छ।

बहुउद्देश्यीय परियोजनाअन्तर्गत तालमा आन्तरिक र बाह्य पर्यटक आकर्षित गर्न अत्याधुनिक वनभोज स्थल, जंगल सफारी, शिव पार्वतीको मन्दिरसहितको सुमेरु पर्वत, फनपार्क, मिनी क्यासिनोसहितको होटल निर्माण भइरहेको बाग्मती–१२ का वडाध्यक्ष ओमबहादुर श्रेष्ठले जानकारी दिए। 

‘भरत ताललाई बाग्मती नगरपालिकाको मुख्य आम्दानीको स्रोतका रूपमा अघि बढाउँदै छौँ, ताललाई मधेस प्रदेशकै ‘हब’ बनाउने योजना छ’, उनले भने। 

नगरको बजेट, संघ र प्रदेशबाट आएको अनुदानका साथै बजेट थपेर तालको काम पूरा गर्ने नगरप्रमुख थापाले बताए। “तालको काम २० देखि २५ प्रतिशतसम्म मात्र  भएको छ, तीन वर्षभित्र बहुउद्देश्यीय परियोजनाको सम्पूर्ण काम सक्ने रणनीति बनाएका छौँ”, उनले भने। तालमा माछा र हाँसपालन थालिएको छ। यसबाट आम्दानी बढाउन मद्दत पुग्ने नगरपालिकाले जनाएको छ ।

ताल रहेको १२१ बिघामा बहुउद्देश्यीय परियोजना सञ्चालन गरिएको नगरपालिकाकी उपप्रमुख लीलाकुमारी मोक्तानले बताए। ‘वाग्मती नदीको बगरलाई प्रयोग गरेका छौँ, यो नगरपालिकाभित्र र नगरकै विकास तथा समृद्धिका लागि प्रयोग गरिँदैछ’, उनले भने। 

यहाँ विशेषगरी आन्तरिक र भारतीय पर्यटक आउने गरेका छन्। वार्षिक करिब ६० लाख पर्यटक आकर्षण गर्ने गरी संरचना निर्माण गरिरहेको नगरपालिकाले जनाएको छ। तालमा अहिले दैनिक ५०० जनाले रोजगारी पाएका छन्। तालमा अहिले साना ठूला गरेर करिब ४० डुङ्गा सञ्चालनमा छन्।

प्रकाशित: Feb 21, 2023| 22:00 मंगलबार, फागुन ९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।