बिहीबार, वैशाख १८, २०८२

खुँडेपोखरीमा डुबेर एक बालकको ज्यान गयो

पोखरा महानगरपालिका-५ पर्स्याङस्थित खुँडेपोखरीमा डुबेर एक बालकको ज्यान गएको छ।
 |  मंगलबार, फागुन ९, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन ९, २०७९

पोखरा- पोखरा महानगरपालिका-५ पर्स्याङस्थित खुँडेपोखरीमा डुबेर एक बालकको ज्यान गएको छ। 

पर्वत घर भई हाल पोखरा-५ धारापानीमार्गमा बस्दै आएका सुनिता केसीका चार वर्षीय छोरा सुहान केसी सोमबार साँझ ६ बजेदेखि हराइरहेकामा खोजी गर्ने क्रममा खटिएको प्रहरी टोलीले मंगलबार पोखरीमा शव फेला पारेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले जानकारी दिए।

सशस्त्र प्रहरी र नेपाल प्रहरीको ‘रेस्क्यु’ टोलीले बालक पोखरीमा डुबेको आशंकामा खोजी गरेको थियो। घरबाट खेल्न निस्केका केसी अबेरसम्म घर नफर्केपछि परिवारले प्रहरीलाई खबर गरेपछि हिजोदेखि नै खोजी सुरु गरिएको खड्काले बताए।

बालकको शवपरीक्षणका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको र आफन्तलाई जिम्मा लगाउने तयारी भइरहेको प्रहरीले जनाएको छ। बालक खेल्ने क्रममा पोखरीमा खसेको हुन सक्ने प्रहरीको अनुमान छ। 

प्रकाशित: Feb 21, 2023| 17:35 मंगलबार, फागुन ९, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।