बिहीबार, वैशाख १८, २०८२
  • गृहपृष्ठ
  • समाज
  • छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु, ६ जना मृत फेला

छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु, ६ जना मृत फेला

छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ भने ६ जना मृत भेटिएका छन्। त्यसैगरी एकजनाको डुबेर र एकजनाको करेन्ट लागेर ज्यान गएको छ।
 |  मंगलबार, फागुन ९, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन ९, २०७९

काठमाडौं- देशभरका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ भने ६ जना मृत भेटिएका छन्। त्यसैगरी एकजनाको डुबेर र एकजनाको करेन्ट लागेर ज्यान गएको छ।

प्रहरीका अनुसार सिरहाको मिर्चैया नगरपालिका-१ स्थित सडकमा मधेश प्रदेश-०१-००१ क ०२५२ नम्बरको टिपरको ठक्करबाट पैदलयात्री हाल नाम, थर, वतन नखुलेका करिब ५५ वर्षीया महिलाको मंगलबार बिहान मृत्यु भएको छ। ठक्करबाट गम्भीर घाइते भएकी उनको  प्रादेशिक अस्पताल सिरहामा उपचारको क्रममा मृत्यु भएको हो। टिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

नवलपरासी (पश्चिम)को सुनवल नगरपालिका-६ भूपूचोकस्थित सडकमा लु.६ प ६६३९ नम्बरको स्कुटर अनियन्त्रित भई सोमबार राति दुर्घटना हुँदा स्कुटर चालक प्रतापपुर गाउँपालिका-२ सेमरी बस्ने २४ वर्षीय बिनोद कहारको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल परासीमा उपचारको क्रममा मृत्यु भएको हो।

झापाको कमल गाउँपालिका-३ सानो केर्खास्थित सडकमा हाल नम्बर नखुलेको गाडीको ठक्करबाट हाल नाम, थर, वतन नखुलेकी करिब ७५ वर्षीया काली गुरुङ नाम बताउने महिलाको सोमबार राति मृत्यु भएको छ। ठक्करबाट गम्भीर घाइते भएकी उनको दमक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। ठक्कर दिने सवारी साधनको प्रहरीले खोजी गरिरहेको छ।

पर्साको ठोरी गाउँपालिका-४ विजयवस्तीस्थित सडकमा ठोरीबाट वीरगञ्जतर्फ जाँदै गरेको बागमती प्रदेश ०१-०२७ च ०३०३ नम्बरको स्कारपियो गाडीको ठक्करबाट ठोरी गाउँपालिका-४ बस्ने १३ वर्षीय विश्वास श्रेष्ठको मंगलबार बिहान मृत्यु भएको छ। ठक्करबाट गम्भीर घाइते भएका उनको तराई अस्पताल वीरगञ्जमा उपचारको क्रममा मृत्यु भएको हो। गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

Metro Mart
worldlink

बाँकेको नेपालगञ्ज उपमहानगरपालिका-११ स्थित सडकमा भे.३ प ९५६० नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई मंगलबार बिहान दुर्घटना हुँदा चालक सोही उपमहानगरपालिका-४ बसपार्क बस्ने २३ वर्षीय निशान्त शाहीको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको नर्सिङ होम नेपालगञ्ज बाँके हुँदै थप उपचारको लागि भारतको लखनउ अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो। दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

मृत फेला

सुर्खेतको बीरेन्द्रनगर नगरपालिका-४ भैरबस्थान डेरा गरी बस्ने सल्यान शारदा नगरपालिका-१ सान्तिनगर घर भएकी ३२ वर्षीया दिपा थापा (नेपाली) आफ्नै कोठामा मंगलबार मृत अवस्थामा फेला परेकी छिन्। 

कास्कीको पोखरा महानगरपालिका-५ प्रर्स्याङ बस्ने सुनिता केसीको छोरा ४ वर्षीय सुहौन केसी सोही ठाउँस्थित खुडेपोखरीमा मंगलबार मृत अवस्थामा फेला परेका छन्। सोमबार साँझदेखि हराएका उनको खोजी गर्ने क्रममा उक्त पोखरीमा शव फेला परेको हो।

चितवनको भरतपुर महानगरपालिका-२३ मदिपुरस्थित केरुङ्गा खोलामा सोही ठाउँ बस्ने ४५ वर्षीय कमल विश्वकर्मा मंगलबार मृत अवस्थामा फेला परेका छन्। यसैगरी चितवनकै रत्ननगर नगरपालिका-९ लालपर्सास्थित सडक छेउमा सोही ठाउँ बस्ने ६१ वर्षीय चन्द्र बहादुर लामा मंगलबार मृत अवस्थामा फेला परेका छन्।

काठमाडौं, काठमाडौं महानगरपालिका-११ त्रिपुरेश्वरस्थित कालमोचन मान्दिर नजिक त्रिपालले बारेको टहरामा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ५५ वर्षीय पुरुष मंगलबार मृत अवस्थामा फेला परेका छन्।

पर्साको ठोरी गाउँपालिका-२ गौतमनगरस्थित सडक छेउमा हाल नाम, थर, वतन नखुलेका करिब ७५ वर्षीय पुरुष सोमबार मृत अवस्थामा फेला परेका छन्। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

यसैगरी मुस्ताङको थासाङ गाउँपालिका-२ सौरू बस्ने आसमान राईको छोरा ४ वर्षीय गोपने राईको घर नजिकै रहेको माछापोखरीमा डुबेर सोमबार दिउँसो मृत्यु भएको छ। खेल्ने क्रममा डुबेर आशक्त भएका उनको कोबाङ स्वास्थ्य चौकीमा उपचारको क्रममा मृत्यु भएको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रकाशित: Feb 21, 2023| 16:00 मंगलबार, फागुन ९, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।