बिहीबार, वैशाख १८, २०८२
  • गृहपृष्ठ
  • समाज
  • चन्द्र भण्डारीको स्वास्थ्यमा सुधार, भेन्टिलेटर हटाइयो

चन्द्र भण्डारीको स्वास्थ्यमा सुधार, भेन्टिलेटर हटाइयो

मुम्बईस्थित नेशनल बर्न सेन्टरमा भण्डारीसँगै रहेका कांग्रेस नेता योगराज कँडेलका अनुसार आज बिहानदेखि भण्डारीलाई भेन्टिलेटरबाट बाहिर राखिएको छ।
 |  मंगलबार, फागुन ९, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन ९, २०७९

काठमाडौं- जलनमा परेर घाइते भएका नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद चन्द्र भण्डारीको स्वास्थ्य अवस्थामा सुधार आएको छ।

मुम्बईस्थित नेशनल बर्न सेन्टरमा भण्डारीसँगै रहेका कांग्रेस नेता योगराज कँडेलका अनुसार आज बिहानदेखि भण्डारीलाई भेन्टिलेटरबाट बाहिर राखिएको छ। बिहान ११ बजे डा. मुकेश मिश्रा र डा. अमोल मात्रेले दिएको जानकारी अनुसार अब भेन्टिलेटरबाट हटाएर अक्सिजनको सहयोगमा उपचार सुरु भएको छ। 

'खुसीको कुरा उहाँको ईटी ट्यूव निकालिएको छ। अहिले रिजरभायर व्याग मास्कबाट १५ लिटर अक्सिजन दिइएको छ। अहिले पनि ट्रयालमै राखिएको हो। डाक्टरहरुको योजनाअनुसार अक्सिजनको मात्रा १५ लिटरलाई घटाउँदै लगिनेछ,' कँडेलले भनेका छन्।

उनले डाक्टरहरुलाई उद्धृत गर्दै स्वास्थ्यका सबै पारामिटर सामान्य रहेको पनि बताएका छन्। 'फोक्सोको तल्लो भागमा थोरै इन्फेकसन देखिएको तर डराउनु पर्ने अवस्था नरहेको डाक्टरवाट जानकारी प्राप्त भएको छ। कल्चर रिपोर्ट आजै साँझसम्म आउने र सो बमोजिम इन्फेक्सनको पूर्ण जानकारी पश्चात एण्टीवायोटिकको मात्राको थपघट हुने जानकारी दिनुभयो,' कँडेलले जानकारी दिएका छन्।

कँडेलका अनुसार भण्डारीको सुन्निएको अनुहार पुरानो अवस्थामा फर्किएको छ। बोली नबुझिए पनि इशारा गर्ने र सामान्य अवस्थामा झै बोल्न खोजेको देखिएको उनले बताएका छन्।

Metro Mart
worldlink

प्रकाशित: Feb 21, 2023| 13:05 मंगलबार, फागुन ९, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।