बिहीबार, वैशाख १८, २०८२
  • गृहपृष्ठ
  • समाज
  • आजको मौसम : देशभरका उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपातको सम्भावना

आजको मौसम : देशभरका उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपातको सम्भावना

हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले प्रदेश एक, लुम्बिनी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
 |  मंगलबार, फागुन ९, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन ९, २०७९

काठमाडौं- हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले प्रदेश एक, लुम्बिनी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागमा  आंशिक देखि सामान्य बदली रहेको  मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

आज दिउँसो प्रदेश एकका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

राति प्रदेश एक, गण्डकी  र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई  स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहनुको साथै प्रदेश एकको पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको  हुनाले  मौसम सूचना तथा पूर्वानुमानमा अद्यावधिक रहन महाशाखाले अनुरोध गरेको छ। 

प्रकाशित: Feb 21, 2023| 07:39 मंगलबार, फागुन ९, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।