बिहीबार, वैशाख १८, २०८२
  • गृहपृष्ठ
  • समाज
  • प्रदेश १ मा मानवअधिकार उल्लंघनका घटनामा नौ सय ७० जना पीडित

प्रदेश १ मा मानवअधिकार उल्लंघनका घटनामा नौ सय ७० जना पीडित

अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक प्रदेश १ कार्यालय विराटनगरले आज विराटनगरमा आयोजना गरेको पत्रकार भेटघाट तथा वर्ष पुस्तक २०२३ सार्वजनिक कार्यक्रमा प्रदेश १ मा सन् २०२२मा मानवअधिकार उलंघनका घटनामा नौ सय ७० जना पीडित भएको जनाएको हो।
 |  सोमबार, फागुन ८, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, फागुन ८, २०७९

विराटनगर- सन् २०२२ मा प्रदेश १ मा मानवअधिकार उल्लङ्घन र ज्यादतीका घटनामा नौ सय ७० जना पीडित भएका छन्। अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक प्रदेश १ कार्यालय विराटनगरले आज विराटनगरमा आयोजना गरेको पत्रकार भेटघाट तथा वर्ष पुस्तक २०२३ सार्वजनिक कार्यक्रमा प्रदेश १ मा सन् २०२२मा मानवअधिकार उलंघनका घटनामा नौ सय ७० जना पीडित भएको जनाएको हो। 

सन् २०२२ मा प्रदेश १मा भएका मानवअधिकार उलंघनका घटनाहरूबारे प्रतिवेदन प्रस्तुत गर्दै इन्सेक प्रदेश १ का प्रलेख अधिकृत पुन्यप्रसाद अधिकारीले मानवअधिकार उल्लङ्घनका घटनामा राज्य पक्षबाट ५२ जना र अन्य पक्षबाट भएका मानवअधिकार हनन तथा ज्यादतीका घटनामा नौ सय १८ जना पीडित भएको जानकारी दिए। 

महिला अधिकार उल्लङ्घनका घटनामा चार सय ५७ जना र बालअधिकार उल्लङ्घनका घटनामा दुई सय ९९ जना पीडित भएको इन्सेकले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ। यस वर्ष प्रदेश १ माअपहरणका घटनामा दुई जना, गिरफ्तारीका घटनामा २० जना, कुटपिटका ५६ जना, बालअधिकारका घटनामा दुई सय ९९ जना, हिरासतमा मृत्यु एक जना, अमानवीय व्यवहार घटनामा एक जना, घाइते ४५ जना, हत्या ७४ जना, जातीय विभेद एक जना, अभिव्यक्ति भेला तथा, सङ्गठित हुने अधिकार ९ जना, धम्की एक जना, महिलाअधिकारका घटनामा ४ सय ५७ जना र कारागारमा मृत्यु चार जना गरी ९ सय ७० जना पीडित भएका छन्। सन् २०२२ मा सम्पन्न निर्वाचनसँग सम्बन्धित मानवअधिकार उल्लङ्घन र ज्यादतीका १७ घटनामा प्रदेश १ भित्र ४७जना पीडित भएको इन्सेकले अभिलेख गरेको जनाएको छ। 

राज्यपक्षबाट भएका पाँच घटनामा ३१ जना र अन्यपक्षबाट भएकातीनप्रकारका घटनामा १६ जना पीडित भएका छन्। कार्यक्रममा बरिष्ठ पत्रकार यज्ञ शर्माले मानवअधिकार वर्ष पुस्तक २०२३ र यस अघिका वर्षहरूमा प्रकाशित पुस्तकहरूको विषयमा विश्लेषण गरेका थिए। उनले मानवअधिकार वर्ष पुस्तकले मानवअधिकारको अवस्थाबारे चित्रण गरेको बताए। इन्सेक प्रदेश १ कार्यालयका प्रमुख सोमराज थापाले इन्सेकले ७७ वटै जिल्लाका प्रतिनिधिहरूले अभिलेख गरेको तथ्याँकका आधारमा हरेक वर्ष मानवअधिकार वर्ष पुस्तक तयार पार्दै आएको बताए।

प्रकाशित: Feb 20, 2023| 17:47 सोमबार, फागुन ८, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।