आइतबार, जेठ १९, २०८२

विराटनगरमा एक महिलाको शव बोराभित्र भेटियो

हत्या गरेर बोराभित्र पोको पारी फ्यालेको अवस्थामा २८ वर्षीया प्रियंका सुनारको शव फेला परेको हो। प्रहरीले घटनामा संलग्न भएको आरोपमा दुई जनालाई पक्राउ गरेको छ।
 |  सोमबार, फागुन ८, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, फागुन ८, २०७९

विराटनगर- विराटनगर १९ की एक महिलाको शव बोरा भित्र फेला परेको छ। हत्या गरेर बोराभित्र पोको पारी फ्यालेको अवस्थामा २८ वर्षीया प्रियंका सुनारको शव फेला परेको हो। प्रहरीले घटनामा संलग्न भएको आरोपमा दुई जनालाई पक्राउ गरेको छ। 

सुनारको शव मोरङको बूढीगंगा गाउँपालिका–२ अमाहीमा सोमबार दिउँसो १२ बजेतिर भेटिएको हो। मोरङ प्रहरीका प्रवक्ता डीएसपी टीकाबहादुर कार्कीका अनुसार प्लाष्टिकको बोराभित्र पोको पारेर नरसिंह चौधरीको ग्वालीमा फ्यालेको अवस्थामा शव फेला परेपछि विभिन्न कोणबाट घटनाको अनुसन्धान सुरु गरिएको छ। 

घटनामा संलग्न भएको आशंकामा मोरङको कटहरी गाउँपालिका–५ का ६२ वर्षीय रामानन्द राम र विराटनगर–१९ का २९ वर्षीय रमेश साहलाई प्रहरीले पक्राउ गरेको छ। 

घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मोरङबाट डीएसपी रञ्जन दाहाल नेतृत्वको टोली घटनास्थलमा परिचालन गरिएको थियो। मृतकको शव पोस्टमार्टमका लागि कोशी अस्पतालमा राखीएको छ। 

प्रारम्भिक अनुसन्धानबाट प्रियंकाको हत्या भएको यकिन हुने डिएसपी कार्कीको भनाइ छ। उनले भने, ‘अन्यत्र हत्या गरेपछि बोरामा पोको पारी ल्याएर शव फ्यालेको हाम्रो अनुमान छ।’

प्रकाशित: Feb 20, 2023| 16:30 सोमबार, फागुन ८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।