सोमबार, असार १६, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • अकस्मात युक्रेनको राजधानी किभ पुगे अमेरिकी राष्ट्रपति बाइडेन

अकस्मात युक्रेनको राजधानी किभ पुगे अमेरिकी राष्ट्रपति बाइडेन

रुसले युक्रेनमाथि आक्रमण गरेको एक वर्ष पुग्नै लाग्दा राष्ट्रपति बाइडेनबाट किभ भ्रमण भएको हो।
 |  सोमबार, फागुन ८, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, फागुन ८, २०७९

काठमाडौं– रुसले एक वर्षदेखि आक्रमणको निशाना बनाउँदै आएको पूर्वसोभियत राज्य युक्रेनको मुख्य सहयोगी देश अमेरिकाका राष्ट्रपति जो बाइडेन अकस्मात राजधानी किभ पुगेका छन्।

आइतबार दिउँसो राजधानी किभ पुगेका राष्ट्रपति बाइडेनलाई समकक्षी भोलोदिमिर जेलेन्स्कीले राष्ट्रपति कार्यालयमा स्वागत गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। रुसले युक्रेनमाथि आक्रमण गरेको एक वर्ष पुग्नै लाग्दा राष्ट्रपति बाइडेनबाट किभ भ्रमण भएको हो।

बाइडेन किभ पुग्ने क्रममा त्यहाँको आकाशलाई नो फ्लाई जोन घोषित गरिएको थियो भने अमेरिकी लडाकु विमानले राष्ट्रपतिको जहाजलाई स्कर्टिङ गरेको एजेन्सीहरुले बताएका छन्।

राष्ट्रपति बाइडेनले युक्रेनको प्रजातन्त्र, सार्वभौमसत्ता र भौगोलिक अखण्डताप्रतिको अमेरिकाको पूर्ण प्रतिबद्धता व्यक्त गर्न रुसी आक्रमणको एक वर्ष पुग्न लाग्दा आफूले युक्रेन भ्रमण गरेको राजधानी किभ पुगेलगत्तै ट्वीट गरेका छन्। 

एक वर्षअघि युक्रेनमाथि आक्रमण गर्दा राष्ट्रपति भ्लादिमिर पुटिनले सजिलै युद्ध जित्ने सोचे पनि लोकतन्त्र र सार्वभौमिकताका लागि युक्रेनी जनताको अथक लगावका कारण रुस पराजित हुने स्थितिमा पुगेको बाइडेनले बताएका छन्। 

गत वर्षको २६ फेब्रुअरीदेखि रुसले युक्रेनमाथि आक्रमण सुरु गरेको थियो। एक वर्षदेखि जारी युद्धमा हालसम्म दुवैतर्फका हजारौं सैनिकले ज्यान गुमाएका छन् भने युक्रेनका सर्वसाधारण रुसी आक्रमणको निशानामा पर्दै आएका छन्।

केही समयअघि युक्रेनी राष्ट्रपति जेलेन्स्कीले अमेरिकाको भ्रमण गरेका थिए। बाइडेनको युक्रेन भ्रमणबारे विस्तृतमा केही खुलाइएको छैन।–एजेन्सी

प्रकाशित: Feb 20, 2023| 16:24 सोमबार, फागुन ८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।
बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।