काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन विभागको प्रशासनिक सफ्टवेयर, सर्भर डाउन हुँदा सबै उडान प्रभावित भएको विमानस्थल प्रशासनले जनाएको छ।
सोमबार दिउँसो १ बजेदेखि विमानस्थलको अध्यागमन विभागमा सफ्टवेयरमा समस्या आउँदा अन्तर्राष्ट्रिय उडान प्रभावित भएको विभागका प्रवक्ता टेकनाथ सिटौलाले बताएका हुन्।
उनले भने, ‘केही समयदेखि अध्यागमनको सफ्टवेयरमा देखिएको समस्या समाधानका लागि अहिले प्राविधिक टोलीले चेकजाँच गरिरहेका छन्। छिट्टै समस्या समाधान हुन्छ होला।’ गत १५ माघमा पनि सबै सरकारी वेबसाइट एकै पटक डाउन भएका थिए।
सोही कारण अध्यागमनको प्रस्थान, चेकजाँचका काम रोकिँदा उडान प्रभावित भएको उनले बताए। विमानस्थलमा केही साताअघि पनि सोही खाले समस्या आउँदा उडान प्रभावित बन्न पुगेका थिए।