नेशनल जियोग्राफिक अन्वेषक सोनिका मानन्धरले नेशनल जियोग्राफिक सोशाइटीबाट जलवायु परिवर्तनको प्रतिरोध गर्ने तर्फ प्रयासहरु गर्नका लागि रकम प्राप्त गरेकी छन्। मानन्धर एलोइ नाम गरेको संस्थाको प्रमुख प्राविधिक अधिकारी हुन्, जुन एउटा सामाजिक संगठन हो। यसले हरित सुक्ष्म-उद्यमीहरुलाई व्यावसायिक वित्त पोषणमा पहुँच प्राप्त गर्न सहयोग गर्दछ।
एलोइ दिगो वातारण र जलवायु परिवर्तनका प्रभावहरुलाई सम्वोधन गर्ने तर्फ प्रतिवद्ध रहेको संस्थाकी प्रमुख मानन्धरले बताइन्। मानन्धरले एलोइका कार्यहरुलाई बढाउँदै हरित सुक्ष्म-उद्यमहरुलाई उनीहरुको व्यवसाय विस्तार गर्न र वित्तपोषण प्राप्त गर्नका लागि गरिेने प्रयासलाई फराकिलो पार्दै लैजाने योजना रहेको बताइन्।
'म नेशनल जियोग्राफिक सोसाइटीबाट यस सहयोग प्राप्त गर्दा साह्रै गौरवान्तिव र कृतज्ञ भएको छु,' मानन्धरले भनिन्, 'यस सहयोग रकमले म एलोइको पहुँच र प्रभावलाई अझ विस्तार गर्न सक्नेछु र अझै धेरै सूक्ष्म-उद्यमीहरुलाई सशक्त बनाई उनीहरुको समाजमा अर्थपूर्ण परिवर्तन सृजना गर्न सक्षम हुनेछु।'
एलोइ नेपालमा हरित सुक्ष्म-उद्यमीहरुसँग काम गर्दछ र उनीहरुलाई वित्तपोषण र व्यावसायिक विशेषज्ञता तर्फ पहुँच प्राप्ति गर्न सहयोग गर्छ। यस कार्यबाट उनीहरुले उनीहरुको समाजमा रोजगार सृजना गर्न, जिविकोपार्जन सुधार गर्न र दिगो विकासलाई प्रवर्धन गर्न सक्दछन्। यसबाट वातावरण परिवर्तनका प्रभावहरुको न्यूनीकरण गर्न मद्दत पुग्ने र स्थानिय जलबायु संयन्त्रहरुको लचकलाई समेत सहयोग पुग्ने मानन्धरले बताइन्।