बिहीबार, वैशाख १८, २०८२
  • गृहपृष्ठ
  • समाज
  • छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाले गुमाए ज्यान

छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाले गुमाए ज्यान

स्याङ्जा, मोरङ, कैलालीलगायत स्थानमा भएको सवारी दुर्घटनामा परेर पाँच जनाले ज्यान गुमाएका हुन्।
 |  सोमबार, फागुन ८, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, फागुन ८, २०७९

काठमाडौं– मुलुकका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा परेर पाँच जनाले ज्यान गुमाएको केन्द्रीय प्रहरी समाचार कक्षले विवरण सार्वजनिक गरेको छ।

प्रहरीका अनुसार स्याङ्जाको वालिङ नगरपालिका–६ आम्डालीस्थित सडकमा ग१त ६८८६ नम्बरो ट्रयाक्टर अनियन्त्रित भई सडकबाट करिब १५ मिटर तल खसेर आइतबार राती दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ट्रयाक्टर चालक चापाकोट नगरपालिका–२ धुर्कोटका ३२ वर्षीय नवीन सुनार र सह–चालक वालिङ नगरपालिका–८ मिर्दीका  १४ वर्षीय सोविन विक रहेका छन्।

दुर्घटनामा गम्भीर घाइते भएका चालकको प्राथामिक स्वास्थ्य केन्द्र वालिङतर्फ लैजाने क्रममा बाटोमै र सहचालको गण्डकी कलेज पोखरामा उपचारको क्रममा मृत्यु भएको हो।

यस्तै, मोरङको विराटनगर महानगर–४ स्थित सडकमा लु१८प५४५६ नम्बरको मोटरसाइकल र प्र.१–०२–०४२ प ६०४९ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई आइतबार रातीी दुर्घटना हुँदा लु१८ प ५४५६ नम्बरको मोटरसाइकलमा सवार सोही ठाउँका २६ वर्षीय प्रकाश महतको मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको नोबेल अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो। दुर्घटनामा घाइते भएका अन्य २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ। हाल फरार प्र.१–०२–०४२ प ६०४९ नम्बरको मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ।

Metro Mart
worldlink

मोरङको सुन्दरहरैंचा नगरपालिका–५ स्थित सडकमा प्र.१–०२–०४७ प २८२४ नम्बरको स्कुटर अनियन्त्रित भई आइतबार बिहान दुर्घटना हुँदा चालक सुन्दरहरैंचा–५ का ५० वर्षीय चक्रबहादुर श्रेष्ठको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको विराट टिचिङ अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो। दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार कैलाली, जानकी गाउँपालिका–४ मुनुवास्थित सडकमा से६प६२८८ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री जानकी गाउँपालिका–४ मुनुवाकी ७१ वर्षीय ठग्न कठरियाको आइतबार साँझ मृत्यु भएको छ। ठक्करबाट गम्भीर घाइते भएका उनको मेडिकल कलेज कोहलपुर बाँकेमा उपचारको क्रममा मृत्यु भएको हो। मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रकाशित: Feb 20, 2023| 13:55 सोमबार, फागुन ८, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।