शनिबार, जेठ १८, २०८२
  • गृहपृष्ठ
  • समाज
  • कथित जनयुद्धबारे विरोध गर्दा क्याम्पस प्रमुख कुट्ने विद्यार्थीको माफीनामा

कथित जनयुद्धबारे विरोध गर्दा क्याम्पस प्रमुख कुट्ने विद्यार्थीको माफीनामा

जनयुद्धलाई वैधानिकता दिनु माओवादी हिंसापीडितको अपमान हुने बताएर सामाजिक सञ्जालमा लेखेकै भरमा क्याम्पस प्रमुख कुट्ने सत्तारुढ अनेरास्ववियु क्रान्तिकारीमा आबद्ध विद्यार्थीले माफी मागेसँगै गोरखाको द्रव्यशाह बहुमुखी क्याम्पसका बन्द ढोका खुले।
 |  सोमबार, फागुन ८, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, फागुन ८, २०७९

काठमाडौं– १० वर्षसम्म चलेर १७ हजार बढीको ज्यान लिएको नेकपा माओवादीले सञ्चालन गरेको कथित जनयुद्धलाई वैधानिकता दिने गरी १ फागुनमा दिवसको रुपमा सार्वजनिक बिदा दिइएपछि सामाजिक सञ्जालमा विरोधका स्वर बाहिर ल्याएको बात लगाएर क्याम्पस प्रमुख कुट्ने विद्यार्थीले माफी मागेका छन्। 

नेकपा माओवादी निकट अनेरास्ववियु क्रान्तिकारीले गोरखाको द्रव्यशाह बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख रामचन्द्र दुवाडीमाथि जनयुद्धको विरोध गरेको भन्दै हातपात र कार्यकक्षमा रहेका टेबुलसमेत तोडफोड गरेका थिए। क्याम्पस प्रमुख कुट्ने अनेरास्ववियु निकटका विद्यार्थीलाई कारबाहीको माग गर्दै स्वतन्त्र विद्यार्थी युनियनले क्याम्पसमा तालाबन्दी गर्दै आएको थियो।

सोमबार क्याम्पस प्रमुख कुट्ने विद्यार्थीले माफी माग्ने सहमतिपछि क्याम्पसमा पठनपाठन सुरु भएको हो।

क्याम्पस इकाइ अध्यक्ष अनिष अर्याल नेतृत्वको टोलीले क्याम्पस प्रमुखको कार्यकक्षमा पसेर माओवादी जनयुद्धबारे सामाजिक सञ्जालमा गलत व्याख्या गरेको दुवाडीलाई हातपात गरेको थियो। क्याम्पस प्रमुख दुवाडी माओवादीपीडित हुन्।

क्याम्पस प्रमुख कुट्ने गोरखा नगरपालिकाका मेयरका स्वकीय सचिवसमेत रहेका अर्याल, जिसस प्रमुखका स्वकीय सचिव राजन आलेमगर, अनेरास्ववियु क्रान्तिकारी गोरखाका अध्यक्ष विष्णु पाण्डे, अमृत श्रेष्ठ, सुवास तामाङलगायतको संलग्नता रहेको किटानी जाहेरीसहित प्रहरीमा उजुरी परेको थियो। माओवादीले बाहिरका मान्छेसमेत ल्याएर क्याम्पस प्रमुखमाथि कुटपिट गरेको थियो।

सोही उजुरीको आधारमा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएर आइतबार दुई पक्षबीच छलफल गराएको थियो। क्याम्पस प्रमुखलाई कुट्नु गल्ती भएको स्वीकार्दै आगामी दिनमा यस्ता घटना दोहोर्‍याए कानुनी कारबाही भोग्न तयार रहने लिखित प्रतिबद्धता उनीहरूले व्यक्त गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी अनुपम श्रेष्ठले बताए।

प्रकाशित: Feb 20, 2023| 13:27 सोमबार, फागुन ८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।