बिहीबार, वैशाख १८, २०८२

स्कुलबाट भागेर फोटो सुट गराउन जान्थिन् कंगना रनावत

ती तस्बिरहरुमा उनी निकै क्युट देखिएको भनेर समर्थकहरुले रिप्लाइ दिइरहेका छन्।
 |  सोमबार, फागुन ८, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, फागुन ८, २०७९

कंगना रनावतले हिजो आइतबार आफ्नो ट्विटर ह्यान्डिलमा बच्चा बेलाका केही तस्बिर राखेकी छन्। ती तस्बिरहरुमा उनी निकै क्युट देखिएको भनेर समर्थकहरुले रिप्लाइ दिइरहेका छन्।

उनले फोटो सेयर गर्दै बच्चा बेलाको आफ्नो अनुभव पनि प्रस्तुत गरेकी छन्। उनले भनेकी छन्- बच्चा बेलामा म स्कुल छोडेर फोटोसुट गराउन जाने गर्थें। उनका अनुसार ती सबै फोटो शर्मा अंकलले खिचेका हुन् जसले कंगनालाई बच्चा बेलामा फोटो सुट गराउन प्रेरित गर्थे।

उनले सामाजिक सञ्जालमा आफ्ना तस्बिरहरु राखेपछि कंगनाका समर्थकले पनि आफ्नो खातामा सेयर गरेका छन्। एक पेजले उनको फोटो राख्दै लेखेको छ, ‘यो उमेरमा बच्चाहरु लजालु स्वभावका हुन्छन्। तर कंगना जस्ता लिजेन्ड महिलाहरु पोज दिन्छन्।’

साथै पोस्ट सेयर गर्दै कंगनाले आफ्नो तस्बिरहरु शर्मा अंकलले स्टुडियामा राख्ने गरेको पनि बताएकी छन्। ‘म फोटो सुटको चक्करमा कक्षाहरु बंक गर्थें। हाम्रो गाउँमा शर्माजीको एक स्टुडियो थियो। अंकल सधै मलाई फोटो खिच्नका लागि प्रेरित गर्नुहुन्थ्यो।’ उनका फोटो ठूलो फ्रेम बनाएर स्टुडियोको भित्तामा राखिएको  हुन्थ्यो। साथै शर्मा अंकलले उनको फोटोको प्रिन्ट पनि बनाउँथे। साथै जो उक्त स्टुडियो नजिकको बाटो हिँड्थे उनीहरु कंगनाको फोटोबारे कुराकानी गर्थे।


प्रकाशित: Feb 20, 2023| 12:47 सोमबार, फागुन ८, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।