स्याङ्जाको वालिङ नगरपालिका–६ आम्डालीस्थित भित्रि सडक खण्डमा भएको ट्याक्टर दुर्घटनामा चालक र सहचालकको मृत्यु भएको छ। मृत्यु हुनेमा स्याङ्जाको चापाकोट नगरपालिका–२ धुर्कोटका ३२ वर्षीय नवीन सुनार (चालक) र वालिङ नगरपालिका–८ मिर्दीका १४ वर्षिय सोबिन विक (सहचालक) छन्।
आइतबार राति ८ बजे ग १ त ६८८६ नम्बरको ट्याक्टर ढुंगा लिएर जगतभन्ज्याङबाट मिर्दीतर्फ आउने क्रममा एक्कासि अनियन्त्रित भई १५ मिटर तल खसेको थियो। घाइते नवीनको टाउको र ढाडमा चोट लागेको थियो भने सोबिनको टाउको र दायाँ खुट्टामा चोट लागेको थियो। दुवै जनालाई प्रथामिक स्वास्थ्य केन्द्र वालिङमा उपचार गरिएको थियो। उपचारको क्रममा चालक सुनारलाई राति साढे ९ बजे डाक्टरले मृत घोषण गरेका थिए।
सामान्य उपचारपछि थप उपचारको लागि सहचालक विकलाई राति नै पोखरास्थित गण्डकी मेडिकल कलेज रिफर गरिएको थियो। उपचारका क्रममा उनलाई पनि राति नै मृत घोषण गरिएको थियो।