बिहीबार, वैशाख १८, २०८२

काठमाडौं बसेर उपल्लो डोल्पाको तलब

उपल्लो डोल्पामा तीनवटा स्थानीय तह छन्। हिमाली क्षेत्रमा मात्र नभई छिमेकी मुलुक चीनको स्वाशासित क्षेत्र तिब्बतसँग सिमानासमेत उही भागको जोडिएको छ।
 |  सोमबार, फागुन ८, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, फागुन ८, २०७९

सुर्खेत-  उपल्लो डोल्पामा तीनवटा स्थानीय तह छन्। हिमाली क्षेत्रमा मात्र नभई छिमेकी मुलुक चीनको स्वाशासित क्षेत्र तिब्बतसँग सिमानासमेत उही भागको जोडिएको छ। 

पशुपालन र जडीबुटी यस क्षेत्रको आम्दानीको मुख्य स्रोत हो। सडकको पहुँच नपुगेको उपल्लो डोल्पामा सदरमुकाम दुनैबाट घोडा, खच्चड र मानिस आफैँले पनि दैनिक उपभोग्य सामग्रीदेखि अन्य निर्माण सामग्री ढुवानी गरेर लिनुपर्ने बाध्यता रहँदै आएको छ । पाँच वर्ष अघिसम्म मध्य डोल्पासम्म घोडा, खच्चडकै सहारामा ढुवानीको काम हुने गर्दथ्यो भने अहिले विस्तार त्यो चलन दुनैसम्म पुगेको पुगेको छ। 

उपल्लो डोल्पामा पशुपालन गर्नु मुख्य कारण नै ढुवानीको आधार तयार गर्नुपनि हो। अग्ला, अग्ला हिमालहरुको बीचमा २७ वटा गाउँ उपल्लो डोल्पामा रहेका छन्। गुम्वा, प्राचिन कालमा निर्माण भएका बिभिन्न धर्मसँग सरोकार राख्ने मूर्ति तथा चालचलनदेखि रहनससहन समेत उपल्लो डोल्पाको फरक रहेको छ।

गर्मीयाममा समेत चिसो नै हुने हिमालको छेउमै रहेका सानासाना होचो घरहरुमा यहाँका सर्वसाधारणहरुको जीवन चल्दै आएको छ । यिनै गाउँ र पालिकालाई जोडेर शे फोक्सुण्डो राष्ट्रिय निकुन्ज समेत रहेको छ। निकुन्ज सुरक्षाका लागि स्थापना गरिएको कार्यालय समेत दुनै नजिकै सुलिगाडमा रहेका छन्।

द्वन्द्वालमा सुरक्षाको कारण देखाउदै सुलिगाड झरेको निकुन्ज सुरक्षार्थ अटिएको र निकुन्ज कार्यालय अहिलेसम्म सुलिगाडमै रहेको छ। उपल्लो डोल्पामा स्थापना भएका पालिकाहरु समेत नाममा मात्र भएका छन्। 

Metro Mart
worldlink

भौतिक रुपमा यहाँका जनप्रतिनिधिहरु छिटफुट मात्रामा बसे पनि कर्मचारी उपल्लो डोल्पामा बस्नु फलामको चिउरा चपाएझैँ हुँदै आएको सर्वसाधारणहरु बताउँदै आएको छन्। शे फोक्सुण्डो गाउँपालिकामा अन्य दुई पालिकाभन्दा अलि फरक रहेको छ। यहाँका जनप्रतिनिधि देखि कर्मचारीहरु केही खटिने गरेको पाइएको छ।

सेवा प्रवाहमा सबै भन्दा छार्का ताङसोङ गाउँपालिकामा कर्मचारीहरु स्थानीयबासीको सम्पर्कमा जान असमर्थ हुँदै आएका छन्। त्यहाँका प्रमुख प्रशासकीय अधिकृत अधिकांश समय सदरमुकाम दुनै, सुर्खेत र काठमाडौँमा समय बिताउने गरेको पालिकाका अध्यक्ष सेनांङ गुरुङले बताए।

 सेवाग्रहीले फोन गरेपनि फोन नै नउठाउने अधिकृतको रुपमा यस पालिकाका अमरराज सेजुवाल रहेको पालिकाका अध्यक्षले नै आरोप लगाएका छन्। 

‘पर्यटन, जलस्रोत, पशुपालन र जडीबुटी छार्का ताङसोङको आधार दीर्घकालिन दृष्टिकोण, सुशासन, गरिबी निवारण र रोजगार  भन्ने नारा रहेको यो पालिकामा सरकारी सेवा पाउन सर्वसाधारणलाई सास्ती हुने गरेको छ। दुई महिनाअगाडि काठमाडौँ गएका अधिकृत सेजुवाल र पालिकाका कर्मचारीहरु अहिलेसम्म पालिकामा पाइला नटेक्दा सेवा लिने सर्वसाधारणहरु हैरान भएका छन्। त्यस्तै यहाँको स्वास्थ्य सेवा समेत लथालिङग रहेको छ। नाम मात्रका स्वास्थ्य संस्था हुँदा दैनिक आम्चीकै भरमा यस पालिकाको उपचार सेवा सञ्चालन हुँदै आएको छ। 

पालिकामा दरबन्दी रहेका स्वास्थ्यकर्मीहरु सदरमुकाम दुनैदेखि अन्य ठाउँमा व्यक्तिगत काममा व्यस्त हुँदा यहाँका नागरिकले स्वास्थ्य सेवा पाउन नसकेका हुन् । सुरक्षित सुत्केरी तथा गर्भ जाँचको रेकर्ड हेर्ने हो भने यो पालिकाको शून्य रहेको छ। पालिकामा स्वास्थ्यकर्मी नबस्दा सर्वसाधारणले स्वास्थ्य सेवा नपाएका हुन्।

भगवानको भरोसामा आम्चीको सहयोगमा सुत्केरी हुने गरेको वडा नम्वर ४ का स्थानीयबासी पालेन बुढाले बताए । कात्तिकदेखि फागुनको अन्तिमसम्म यस पालिकामा सबै खालका खोप सेवा समेत बन्द हुने गर्दछन्।  चिसोका कारण देखाउँदै स्वास्थ्यकर्मीहरु व्यक्तिगत काममा लागेपछि सबै खोपहरु बन्द हुने गरेका हुन्। 

जनप्रतिनिधिले कर्मचारीलाई कर्मथलोमा बस्न आग्रह गरे पनि नमान्दा आफूहरु हैरान भएको पालिका अध्यक्ष सेनांङ गुरुङले दुखेसो गरे। 

डोल्पोबुद्ध गाउँपालिकाको हालत पनि छार्काताङसुङ भन्दा काम छैन। यहाँका प्रमुख प्रशासकीय अधिकृत मोवाइन नम्बरसमेत सधैँ अफ हुन्छ। यदि फोन लागि हाले पनि उठन मुस्किल हुने गर्दछ। यहाँको सुत्केरी दर र गर्भवती जाँचको संख्य समेत जिरो रहेको छ। 

अधिकांश कर्मचारीहरु पालिकामा पाइला नटेकी सदरमुकाम दुनैबाट तलव बुझने गरेको जनप्रतिनिधि नै बताउने गरेका छन्। मंसिरदेखि फागुनसम्म कर्मचारीहरु व्यक्तिगत काममा लागेका पाइन्छ। अन्य समयमा समेत सदरमुकाम बसेर उपल्लो डोल्पा बसेको कागज बनाइ एक मुस्ट हाजिरी लगाउने गरेको पाइन्छ।  यहाँका कर्मचारीको निगरानी, अनुगमनदेखि अन्य सेवा प्रवाहको जाँच मुल्यांकन कसले गर्ने प्रश्न उठदै आएको छ।

प्रकाशित: Feb 20, 2023| 07:15 सोमबार, फागुन ८, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।