बिहीबार, वैशाख १८, २०८२
  • गृहपृष्ठ
  • समाज
  • करेन्ट लागेर दार्चुला र सिन्धुपाल्चोकमा दुई जनाको ज्यान गयो

करेन्ट लागेर दार्चुला र सिन्धुपाल्चोकमा दुई जनाको ज्यान गयो

प्रहरीका अनुसार सिन्धुपाल्चोकको जुगल गाउँपालिका ३ बगरखोलास्थि गुम्बा गाउँमा हाइड्रोपावरमा काम गर्ने एक मजदुरको करेन्ट लागेर मृत्यु भएको हो।
 |  आइतबार, फागुन ७, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, फागुन ७, २०७९

Metro Mart
worldlink

काठमाडौं- सिन्धुपाल्चोक र दार्चुलामा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार सिन्धुपाल्चोकको जुगल गाउँपालिका ३ बगरखोलास्थि गुम्बा गाउँमा हाइड्रोपावरमा काम गर्ने एक मजदुरको करेन्ट लागेर मृत्यु भएको हो। मृत्यु हुनेमा बर्दियाको गुलरिया नगरपालिका ८ घर भएका सरोज थारु रहेका छन्। गुम्बा गाउँनजिकै ११ हजार भोल्टेजको हाइटेशन लाइन बनाउने क्रममा शनिबार साँझ उनको करेन्ट लागेर मृत्यु भएको प्रहरीको भनाई छ। 

त्यस्तै दार्चुलामा पनि करेन्ट लागेर एकजनाको मृत्यु भएको छ। जिल्लाको मार्मा गाउँपालिका–३ नलबगडमा कैलाली लम्किचुहा नगरपालिका–३ कर्णाली चिसापानी बस्ने २३ वर्षीय लिला थापाको करेन्ट लागेर मृत्यु भएको हो। थापा से १ क ११३० नम्बरको टिपरका चालक हुन्। टिपरले सडकमा माटो फाल्ने क्रममा ढालाको भाग विद्युतको तारमा छुन जाँदा उनलाई करेन्ट लागेको थियो।

करेन्ट लागेर गम्भीर घाइते भएका उनको गोकुलेश्वर अस्पताल दार्चुलामा उपचारको क्रममा मृत्यु भएको हो। साथै करेन्ट लागेर घाइते भएका टिपरका सहचालकको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: Feb 19, 2023| 19:45 आइतबार, फागुन ७, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।