बुधबार, असार ४, २०८२

चितुवाको छालासहित कैलालीबाट दुई जना पक्राउ

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक खगेन्द्र साउदले उनीहरुलाई कुइनेबाट चिसापानीतर्फ जाँदै गर्दा चिुतवाको छालासहित से ५ प ८०३१ नम्बरको मोटरसाइकलसहित पक्राउ गरिएको जानकारी दिए।
 |  आइतबार, फागुन ७, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, फागुन ७, २०७९

धनगढी- कैलालीमा चितुवाको छालासहित दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा अछामको पञ्चदेवल बिनायक नगरपालिका–६ का ३६ वर्षीय तुलबहादुर बि.क‍. र जुम्लाको तातोपानी गाउँपालिका– ४ राउतवाडा का ५० वर्षीय तुलबहादुर खत्री रहेका प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक खगेन्द्र साउदले उनीहरुलाई कुइनेबाट चिसापानीतर्फ जाँदै गर्दा चिुतवाको छालासहित से ५ प ८०३१ नम्बरको मोटरसाइकलसहित पक्राउ गरिएको जानकारी दिए।

उनकाअनुसार प्रदेश प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय चिसापानीको टोलीले खत्रीसँग रहेको झोला चेक गर्दा लम्बाई ७ फिट १० ईन्च र चौडाई ४ फिट ७ ईन्च भएको चितुवाको छाला बरामद गरेको हो।

उनीहरुको साथबाट बन्यजन्तुको जस्तो देखिने विभिन्न भागका गरेर २ किलो ९५० ग्राम हड्डी समेत बरामद गरिएको छ। दुवै जनालाई नियन्त्रणमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


प्रकाशित: Feb 19, 2023| 17:58 आइतबार, फागुन ७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।