बिहीबार, वैशाख १८, २०८२
  • गृहपृष्ठ
  • समाज
  • टर्की भूकम्प: मृतकको संख्या ४६ हजार नाघ्यो, हुँदैछ चमत्कार पनि

टर्की भूकम्प: मृतकको संख्या ४६ हजार नाघ्यो, हुँदैछ चमत्कार पनि

जीवितै उद्धारको सम्भावना न्यून भएको बताइरहँदा कतै चामत्कारिक रूपमा मानिसहरू जीवित भेटिएका छन्।
 |  आइतबार, फागुन ७, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, फागुन ७, २०७९

टर्की र सिरियामा फेब्रुअरी ६ मा गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या ४६ हजार नाघेको छ। टर्कीमा ४० हजार ६४२ र सिरियामा ५ हजार ८०० जनाको मृत्यु भएको हो।

भूकम्पमा हजारौं घाइते भएका छन् भने कैयौं अझै बेपत्ता छन्। भूकम्पमा परी ८४ हजार घरमा क्षति पुगेको बताइएको छ।

भूकम्पबाट ध्वस्त बनेका भग्नावशेषमा पुरिएकाहरूको खोजी र उद्धार जारी रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। जीवितै उद्धारको सम्भावना न्यून भएको बताइरहँदा कतै चामत्कारिक रूपमा मानिसहरू जीवित भेटिएका छन्।

शनिबारमात्रै टर्कीको दक्षिणी अन्तक्या सहरमा भत्किएको भवनभित्र पुरिएका तीन जनालाई जीवितै उद्धार गरिएको थियो। किर्गिस्तानका उद्धारकर्ताहरूले एक सिरियाली परिवारका पाँच जनाको उद्धार गर्न खोज्दा एक बालकसहित तीन जना जीवितै भेटिएका हुन्।

जीवितै उद्धार गरिएका एक बालकको अस्पताल लैजाँदै गर्दा मृत्यु भएको थियो। उनको शरीरमा पानीको कमीका कारण मृत्यु भएको जनाइएको छ। दशकयता गृहयुद्धको चपेटामा परेको सिरियाको उत्तरपश्चिमी क्षेत्रलाई भूकम्पले समेत अस्तव्यस्त पारेको छ। यो क्षेत्र विशेषगरी सिरियाका राष्ट्रपति बसर अल असाद समर्थित लडाकु समूहको नियन्त्रणमा रहेको र उनीहरूले राहत वितरणमा बाधा पुर्‍याइरहेको बताइएको छ।

Metro Mart
worldlink

भूकम्प प्रभावित क्षेत्रमा ढल तथा फोहोर व्यवस्थापनका हजारौँ संरचना क्षतिग्रस्त भएकाले संक्रमण फैलिने जोखिम बढेको स्वास्थ्यकर्मी र विज्ञहरूले चेतावनी दिएका छन्। महत्त्वपूर्ण संरचनाहरूमा क्षति पुगेकाले भूकम्पमा ज्यान जोगाएकाहरूलाई थप केही महिना सहयोगको आवश्यकता पर्ने सहयोगी संगठनहरूको भनाइ छ। भूकम्पको १३ दिनसम्म पनि परकम्प जाने क्रम जारी छ।


प्रकाशित: Feb 19, 2023| 17:14 आइतबार, फागुन ७, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।