आइतबार, साउन ५, २०८२

बाजुरा भूकम्पले ५८ घरमा क्षति

बिच्छ्या केन्द्रबिन्दु बनाएर मंगलबार गएको ५.९ रेक्टर स्केलको भूकम्पले सरकारी एवं निजी गरी ५८ घरमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय बाजुराले बताएको हो।
 |  बुधबार, माघ ११, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, माघ ११, २०७९

बाजुरा– बाजुराको हिमाली गाउँपालिकाको बिच्छ्या केन्द्रबिन्दु बनाएर मंगलबार गएको ५.९ रेक्टर स्केलको भूकम्पले ५८ घरमा क्षति पुगेको छ। सरकारी एवं निजी गरी ५८ घरमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय बाजुराले बताएको हो।

मंगलबार अपराह्न २ः४३ बजे गाएको भूकम्पका कारण जिल्लाका विभिन्न ठाउँमा जनधनको क्षति भएको छ। भूकम्पका कारण जिल्ला सरकारी कार्यालयका भवन चर्किएका छन्। स्थानीयका कतै घर चर्केका छन्, कतै पर्खाल भत्किएका छन्। ढुंगा र माटोबाट बनेका घर चर्केर भित्र बस्न नमिल्ने भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सूर्य थापाले बताए। 

भूकम्प गएपछि मातहतका इलाका प्रहरी र प्रहरी चौकीमा कार्यरत सुरक्षाकर्मीलाई गाउँ–गाउँमा क्षतिको विवरण संकलन गर्न पठाउँदा अहिलेसम्म सरकारी र स्थानीयका गरी ५८ घरमा क्षति पुगेको तथ्यांक संकलन भएको उनको भनाइ छ। 

भूकम्पका कारण वनमा घाँस काट्न गएकी एक महिलाको घटनास्थलमै मृत्यु भएको छ। गौमूल गाउँपालिका–२ जुरेलीकी ३२ वर्षीया जमुना रोकायाको भूकम्पले हल्लाउँदा भीरबाट ढुंगा खसेर टाउकामा लागेपछि घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 

भूकम्पका कारण तीन जना घाइते भएका छन्। घाइते भएका तीनै जनाको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीले बताएको छ। घाइते हुनेमा गौमूल–१ अम्लिका अन्दाजी ४५ वर्षीय राजदल बोहरा, बडिमालिका नगरपालिका–२ की चन्द्रा महत र हुम्ला घर भई हिमाली–६ दिदीको घरमा आएकी १६ वर्षीया सरिता नेपाली रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक थापाले जनाए। 

बोहराको अम्लिस स्वास्थ्य संस्थामा र नेपालीको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ। महतलाई उपचारपछि घर पठाइएको प्रहरीको भनाइ छ। वनमा चराउन लगिएका ५० भेडा चट्टान फुटेपछि च्यापिएर मरेका छन्। गौमूल–१ अम्लिसका राजदल बोहराका ५० भेडा भीरको चट्टान भूकम्पले फुट्दा च्यापिएर मरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 

प्रकाशित: Jan 25, 2023| 16:44 बुधबार, माघ ११, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।