शनिबार, साउन ४, २०८२

गृहमन्त्री लामिछानेसँग अमेरिकी राजदूत थम्पसनको भेट

अमेरिकी राजदूतसँगको भेटमा नेपाल–अमेरिकाबीचको सहकार्य र आपसी हित अभिवृद्धिलगायतका विषयमा कुराकानी।
 |  मंगलबार, माघ १०, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, माघ १०, २०७९

काठमाडौं– नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसँग शिष्टाचार भेट गरेका छन्।

मंगलबार लामिछानेलाई भेट्न सिंहदरबारस्थित गृह मन्त्रालयमा पुगेका अमेरिकी राजदूतसँगको भेटमा नेपाल–अमेरिकाबीचको सहकार्य र आपसी हित अभिवृद्धिलगायतका विषयमा कुराकानी भएको गृहमन्त्रीको सचिवालयले बताएको छ। 

भेटमा नेपालको पूर्वाधार विकास, शैक्षिक तथा स्वास्थ्य क्षेत्रमा पहुँच अभवृद्धि, जलवायु परिवर्तनको असरबाट पर्ने प्रभाव न्यूनीकरण, ऊर्जाको विकास, प्रविधि हस्तान्तरणलगायत विषयमा अमेरिकी सरकारबाट हुँदै आएको सहयोगलाई निरन्तरता दिँदै अघि बढ्ने विषयमा छलफल भएको थियो। 

भेटमा राजदूत थम्पसनसँगै नियोग उपप्रमुखलगायत प्रतिनिधि, परराष्ट्र मन्त्रालय र गृह मन्त्रालयका अधिकारी सहभागी थिए।

प्रकाशित: Jan 24, 2023| 14:10 मंगलबार, माघ १०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...