कञ्चनपुर- कञ्चनपुरमा एक अविवाहित बालिकाले बच्चा जन्माएकी छन्। कञ्चनपुरको बेलौरी नगरपालिका-८ कलकत्ताकी १४ वर्षीया बालिकाले छोरालाई जन्म दिएकी हुन्।
उनले माघ ३ गते घरमै शिशु (छोरा) लाई जन्म दिएको प्रहरीले जनाएको छ।
बालिकाले जन्म दिएको शिशु कसको हो भन्ने खुलेको छैन। यस विषयमा भारतीय नागरिकविरुद्ध किटानी जाहेरी दर्ता गरिएको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय बेलौरीका प्रमुख प्रहरी निरीक्षक दानसिंह भण्डारीले भारतको बरेलीका दयाराम गुप्ताविरुद्ध परिवारले किटानी जाहेरी दिएको बताए।
प्रहरीकाअनुसार ती भारतीय नागरिक नातामा बालिकाका भिनाजु पर्छन्। गत बैशाखमा विवाह गर्ने भन्दै भारत भगाएर लैजाने क्रममा सीमा क्षेत्रबाट बालिकाको उद्दार गरिएको प्रहरीको भनाइ छ। अहिले बालिकालाई शिशुसहित परिवारको जिम्मा लगाइएको छ। प्रहरीले घटनाका विषयमा अनुसन्धान थालिएको जनाएको छ।