शनिबार, साउन ४, २०८२
  • गृहपृष्ठ
  • समाज
  • एक तस्बिर, जसले मधेसका छोरीलाई उज्यालो संसार नियाल्न सघाएको छ

एक तस्बिर, जसले मधेसका छोरीलाई उज्यालो संसार नियाल्न सघाएको छ

पत्रकार राजकरण महतोले खिचेको एनसीसी तालिममा सहभागी विद्यालय पढ्ने छोरीहरूको तस्बिर नेपाली सेनाको नोमिनेसनमा परेपछि मधेसमा छोरीप्रतिको दृष्टिकोणमै परिवर्तन हुने विश्लेषण गरिन थालेको हो।
 |  मंगलबार, माघ १०, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, माघ १०, २०७९

महोत्तरी– मधेस प्रदेशका गाउँ दाइजो प्रथाको विकराल समस्या यथावत रहँदा छोरीहरूलाई विद्यालय नपठाउने, बालविवाह गरिदिनेजस्ता प्रवृत्तिले अझै आक्रान्त छन्। तर पछिल्लो समय महोत्तरीमा कैद गरिएको एक तस्बिरले भने छोरीप्रतिकोे जिम्मेवारीलाई अभिभावकले महसुस गरेको देखिन्छ।

पत्रकार राजकरण महतोले खिचेको एनसीसी तालिममा सहभागी विद्यालय पढ्ने छोरीहरूको तस्बिर नेपाली सेनाको नोमिनेसनमा परेपछि मधेसमा छोरीप्रतिको दृष्टिकोणमै परिवर्तन विश्लेषण हुन थालेको हो।

तस्बिरमा अधिकाशं छोरीले सैन्य पोसाक पहिरिएका छन्। विद्यालयमा कक्षा लिइरहेका छात्राको यो तस्बिर झट्ट हेर्दा नेपाली सेनाको जस्तै लाग्छ। अनुशासित, सौम्य, उत्सुकता, प्रतिबद्धता व्यक्त गरेजस्तो देखिने तस्बिरले सबैको ध्यान तानेको छ। 

तस्बिर खिच्ने पत्रकार राजकरणले लेखेका छन्, ‘महोत्तरीको बर्दिवास नगरपालिका–९ पशुपतिनगरस्थित राष्ट्रिय मावि पशुपतिनाथ बनरझुल्लामा खिचेको तस्बिरले छोरीहरूमा राष्ट्रिय भावना मात्रै जगाएको छैन, घरभित्रको अँध्यारो जीवनबाट निस्किएर उज्यालो संसारमा आउन उक्साएको छ।’ 

तस्बिरबाट प्राप्त पुरस्कारकोे हकदार मधेसका सबै अभिभावक र छोरीहरू भएको भन्दै खुसी व्यक्त गर्दै उनले भनेका छन्, ‘विद्यालय ज्ञानको मन्दिर मात्रै होइन, राष्ट्र भावना विकास गर्ने पुञ्ज पनि हो। त्यसैले हरेक छोरी विद्यालय जानैपर्छ।’  

मधेसमा छोरीहरू दाइजो र घरेलु हिंसाको सिकार हुनुपरेको छ। पछिल्लो महोत्तरीकै नेहा चौधरीको घटनाले देशकै ध्यान खिचेको थियो। शिक्षित छोरीले आफूमाथि भएको दमनलाई प्रतिकार गरेको घटना बाहिरिए पनि लुकेका र लुकाइएका कयौं घटनाले उनीहरू अहिले पनि दिनहुँ प्रताडित बनिरहेका छन्।–न्युज कारखाना

प्रकाशित: Jan 24, 2023| 12:39 मंगलबार, माघ १०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।