काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न एमाले अध्यक्ष केपी ओली बालुवाटार पुगेका छन्। मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुई नेताबीच भेटवार्ता भएको हो। दुई नेताबीचको भेटमा प्रदेश मन्त्रिपरिषद् विस्तार, सभामुख र उपसभामुखको निर्वाचन परिणामलगायत विषयमा छलफल भएको बुझिएको छ।
भेटमा भविष्यमा हुने राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन, राष्ट्रिय सभाको उपनिर्वाचनलगायत विषयमा छलफल भएको छ। कांग्रेसले राष्ट्रपतिमा उम्मेदवारी दिने भएपछि नेकपा माओवादी केन्द्र र प्रचण्डको नाडी छाम्न ओली बालुवाटार पुगेको बताइन्छ। यद्यपि दुई नेताबीचको विस्तृत कुराकानीबारे सबै विषय बाहिर आइसकेको छैन।