शनिबार, साउन ४, २०८२

मनप्रसाद सुब्बा र राजेन्द्र भण्डारीका प्रतिनिधि कविता सिलिगुडीमा विमोचित

चर्चित कवि मनप्रसाद सुब्बा तथा राजेन्द्र भण्डारीका प्रतिनिधि कविताका छुट्टाछुट्टै सङ्ग्रह भारतको सिलिगुडीमा विमोचित भएका छन्।
 |  मंगलबार, माघ १०, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, माघ १०, २०७९

काठमाडौं- चर्चित कवि मनप्रसाद सुब्बा तथा राजेन्द्र भण्डारीका प्रतिनिधि कविताका छुट्टाछुट्टै सङ्ग्रह भारतको सिलिगुडीमा विमोचित भएका छन्।

नयाँ दार्जिलिङ मोड, सिलिगुडीस्थित दुर्गा जनकल्याण सङ्गठनको सभाभवनमा आयोजित एक विशेष कार्यक्रममा  प्रमुख अतिथि वरिष्ठ कवि मोहन ठकुरी तथा अन्य  अतिथिहरूले  उक्त कृतिहरूको लोकार्पण गरेका हुन्। महेश पौड्यालले सम्पादन गरेका यी कृतिलाई पेज टर्नर प्रालिले बजारमा ल्याएको हो।

कार्यक्रममा बोल्दै पेज टर्नर प्रालिका व्यवस्थापक जयराम तिमल्सिनाले आफू नेपाल र भारतबीच साहित्यिक कृतिको सहज आदानप्रदानका लागि काम गर्न इच्छुक रहेको बताए। 

सम्पादक महेश पौड्यालले कविद्वयका सिर्जनालाई भारत र नेपालका अतिरिक्त विश्वभरिनै पुर्याउने आफ्नो चाहनाअनुरूप यी कृतिको सम्पादन गरेको बताए।

विशिष्ट अतिथि प्राध्यापक डाक्टर घनश्याम नेपालले सम्पादक पौड्याललाई अत्यावश्यक कार्य गरेकोमा बधाई दिए र कविद्वयको काव्यिक योगदानको चर्चा गरे। कवि मनप्रसाद सुब्बा र राजेन्द्र भण्डारीले आफ्ना प्रतिनिधि कविताको यस रूपको प्रकाशनले आफूहरू हर्षित भएको बचाए। 

प्रमुख अतिथि मोहन ठकुरीले नेपाल र भारतका सर्जक र प्रकाशकबीच यस प्रकारको सहकार्यले निरन्तरता पाउनुपर्ने कुरामा जोड दिए। 

सर्जक लतिका जोशीले कविद्वयका सिर्जना वाचन गर्नुका साथै सभामा कविद्वय र सम्पादक पौड्यालको परिचय गराएकी थिइन्। साहित्यकार खेम सापकोटाले आफू पनि यस प्रकारको साहित्यक सहकार्यका लागि तत्पर र उत्साहित रहेको जनाए। 

कार्यक्रममा सिक्किम, कालेबुङ, सिलिगुडी, दार्जिलिङ, डुवर्स, असम, मणिपुर र नेपालका साहित्यकारहरूको बाक्लो उपस्थिति थियो।

प्रकाशित: Jan 24, 2023| 08:35 मंगलबार, माघ १०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।
जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।
चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।