आइतबार, साउन ५, २०८२
  • गृहपृष्ठ
  • समाज
  • बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति गिरीमाथि भ्रष्टाचार मुद्दा दायर

बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति गिरीमाथि भ्रष्टाचार मुद्दा दायर

प्राध्यापक पदको किर्ते कागजात पेस गरेको आरोपमा उनीमाथि मुद्दा दायर भएको हो।
 |  सोमबार, माघ ९, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, माघ ९, २०७९

काठमाडौं- अख्तियार दुरुपयोग अनसुन्धान आयोगले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीमाथि विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। प्राध्यापक पदको किर्ते कागजात पेस गरेको आरोपमा उनीमाथि मुद्दा दायर भएको हो।

त्यसैगरी डा. ज्ञानेन्द्रमान सिंह कार्कीविरुद्ध किर्ते कागजात खडा गर्ने कार्यको मतियार बनेको आरोपमा मुद्दा दायर भएको छ। नपाएको ओहोदा पाएको भन्ने उजुरीउपर अनुसन्धान गर्दा उनीहरुले प्राध्यापक पदको कुनै उपाधि नपाएको देखिएकोले भ्रष्टाचार मुद्दा दायर गरिएको आयोगले उल्लेख गरेको छ।

'डा. ज्ञानेन्द्र गिरीले वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानको उपकुलपति जस्तो पदमा नियुक्ति भइसकेपछि नियमित काम गर्ने क्रममा अरुले विश्वास गरोस् भनी बदनियतसाथ कुनै पनि आधिकारीक निकायबाट प्राप्त नगरेको नपाएको ओहदा पाए भनी अरुले विश्वास गर्ने गरी प्रोफेसर पद प्रयोग गरेको देखिएको र निजले गरेको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १५ बमोजिमको कसुर भएकोले निज ज्ञानेन्द्र गिरीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १५ बमोजिमको कसुरमा सोही ऐनको दफा १५ बमोजिम सजाय हुन र सोही ऐनको दफा २४ बमोजिमको थप सजायसमेतको मागदावी लिइएको छ,' आयोगले पेस गरेको आरोपपत्रमा भनिएको छ।

गिरीलाई उक्त पदको किर्ते गर्ने क्रममा डा. ज्ञानेन्द्रमान सिंह कार्कीले मतियारको रुपमा काम गरेको आयोगले उल्लेख गरेको छ। 'डा. ज्ञानेन्द्रमान सिंह कार्कीले डा. ज्ञानेन्द्र गिरीलाई प्रोफसर पदको अनुमोदनको लागि काठमाडौं विश्वविद्यालयमा सिफारिस गर्नसम्म सक्नेमा निजले नियुक्ति दिएको आधारमा प्रतिवादी ज्ञानेन्द्र गिरीले नपाएको ओहोदा प्रयोग गरेको र उक्त कार्यमा निज ज्ञानेन्द्रमान सिंह कार्कीको मतियारको भूमिका रहेको देखिएको हुनाले निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २२ बमोजिमको कसुरमा सोही ऐनको दफा २२ बमोजिमको सजाय हुन मागदाबी लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र ३५ एवं भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ बमोजिम विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गर्ने,' आयोगको आरोपपत्रमा उल्लेख छ।

प्रकाशित: Jan 23, 2023| 18:21 सोमबार, माघ ९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।