काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले अर्थमन्त्री विष्णु पौडेललाई घण्टी उपहार दिएका छन्। सोमबार महासंघले आयोजना गरेको कार्यक्रममा उनले मन्त्रीलाई सो उपहार दिएका हुन्।
महासंघले आयोजना गरेको लघु, घरेलु, साना तथा मझौला उद्योग सम्मेलनमा प्रमुख अतिथिको रुपमा पुगेका थिए पौडेल। उपहार ग्रहण गर्दा उनी मजाले मुस्कुराएका छन्।
स्मरण होस्- गत मंसिर ४ को चुनावमा पौडेल घण्टी चुनाव चिन्ह भएका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारसँग 'बालबाल' जितेका हुन्। रुपन्देही क्षेत्र नम्बर २ बाट उनी २७ हजार १४८ मत ल्याएर निर्वाचित भएका हुन्। उनका निकट्टतम प्रतिस्पर्धी स्वतन्त्र पार्टीका गणेश पौडेलले २५ हजार ७८२ मत ल्याएका थिए। दुई उम्मेदवारको मतान्तर १३ सय ६६ मात्र छ।