आइतबार, साउन ५, २०८२
  • गृहपृष्ठ
  • समाज
  • म्याग्दीको काफलगौरमा जिप दुर्घटना हुँदा एकको मृत्यु, सात घाइते

म्याग्दीको काफलगौरमा जिप दुर्घटना हुँदा एकको मृत्यु, सात घाइते

थाइवाङबाट बेनीतर्फ आउँदै गरेको ग१ज ६९३८ नम्बर को बोलेरो जिप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको हो।
 |  सोमबार, माघ ९, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, माघ ९, २०७९

म्याग्दी– म्याग्दीको मंगला गाउँपालिका–२ काफलगौरमा भएको जिप दुर्घटनामा एक जनाको मृत्यु र सात घाइते भएका छन्। सोमबार थाइवाङबाट बेनीतर्फ आउँदै गरेको ग१ज ६९३८ नम्बर को बोलेरो जिप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको हो। 

कार्यालयका प्रहरी निरीक्षक राजन ढकालले मंगला–१ की ६० वर्षीया फौमाया गर्बुजाको उपचारको क्रममा बेनी अस्पतालमा मृत्यु भएको बताए। उनका अनुसार घाइते मंगला–२ की ३४ वर्षीया सन्तु केसी, १० वर्षीया सिवानी कसी र ५ वर्षीया रिवान केसीलाई थप उपचारका लागि पोखरा पठाइएको छ। 

म्ंगला–१ की १५ वर्षीया बबिना परियारलाई उपचारपछि घर पठाइएको छ भने वडा–२ की २२ वर्षीया विपना कार्की, वडा–१ का ३८ वर्षीय तेजबहादुर गर्बुजा, २ का ५० वर्षीय भूमिकला नेपालीको बेनी अस्पतालमा उपचार भइरहेको छ। ओरालो सडकमा जिप पल्टिएर दुर्घटना भएको हो। जिप चालकलाई नियन्त्रणमा लिएर छानबिन सुरु गरिएको प्रहरी निरीक्षक ढकालले बताए।

प्रकाशित: Jan 23, 2023| 16:07 सोमबार, माघ ९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।