आइतबार, साउन ५, २०८२

गण्डकीमा रहने मन्त्रालयको कार्यक्षेत्र टुंगाइयो

मन्त्रालयको संख्या कटौतीसँगै मन्त्रिपरिषद्ले छिट्टै पूर्णता पाउने।
 |  सोमबार, माघ ९, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, माघ ९, २०७९

काठमाडौं– गण्डकी प्रदेश सरकारले यसअघि रहेका १२ मन्त्रालयको संख्या घटाएर ७ वटामा झारेको छ। मन्त्रालयको संख्या घटाएसँगै कार्यक्षेत्रसमेत बाँडिएको प्रदेश सरकारका प्रवक्ता एवं मन्त्री सीताकुमारी सुन्दासले जानकारी दिइन्। 

उनका अनुसार संख्या घटाएर मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, आर्थिक मामिला मन्त्रालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, सामाजिक विकास मन्त्रालय तथा स्वास्थ्य मन्त्रालय, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र कृषि तथा जलस्रोत मन्त्रालय बनाइएको छ। 

मन्त्रालयको संख्या कटौतीसँगै मन्त्रिपरिषद्ले छिट्टै पूर्णता पाउने मन्त्री सुन्दासको भनाइ छ। मन्त्रालयको संख्या कटौती नहुँदासम्म बिनाविभागीय मन्त्रीका रुपमा सपथ लिएका तीन मन्त्रीको जिम्मेवारी बाँडफाँट हुन सकेको थिएन। 

गत २५ पुसमा मुख्यमन्त्री खगराज अधिकारीसहित तीन बिनाविभागीय मन्त्रीले पद तथा गोपनीयताको सपथ लिएका थिए। बिनाविभागीय मन्त्रीका रुपमा नेकपा माओवादी केन्द्र)ा हरिबहादुर चुमान, एमालेबाट सीताकुमारी सुन्दास र राष्ट्रिय प्रजातन्त्र पार्टीका पञ्चराम गुरुङ रहेका छन्।

प्रकाशित: Jan 23, 2023| 14:42 सोमबार, माघ ९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...