आइतबार, साउन ५, २०८२
  • गृहपृष्ठ
  • समाज
  • गैंडा मर्न थालेपछि उच्च सतर्कता अपनाउँदै चितवन राष्ट्रिय निकुञ्ज

गैंडा मर्न थालेपछि उच्च सतर्कता अपनाउँदै चितवन राष्ट्रिय निकुञ्ज

यही माघ ६ मा चोरी सिकारी गर्नेहरूले गैँडा मारेपछि निकुञ्जले गैँडा संरक्षणका लागि उच्च सतर्कता अपनाएको हो।
 |  सोमबार, माघ ९, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, माघ ९, २०७९

चितवन- चितवन राष्ट्रिय निकुञ्जमा तस्करीका कारण गैँडा मर्न थालेपछि उच्च सतर्कता अपनाइएको छ। यही माघ ६ मा चोरी सिकारी गर्नेहरूले गैँडा मारेपछि निकुञ्जले गैँडा संरक्षणका लागि उच्च सतर्कता अपनाएको हो।

निकुञ्जका अनुसार २०७८ साउनपछि चोरी सिकारीका कारण गैँडा मरेका थिएनन्। सिकारीले गैँडा मार्न थालेपछि उच्च सतर्कता अपनाउन थालिएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले बताए। उनका अनुसार निकुञ्ज क्षेत्रभित्रका २२ वटा उपभोक्ता समिति अन्तर्गत रहेका चोरी सिकारी नियन्त्रण इकाइलाई प्रभावकारी रुपले चलायमान बनाउन सुरु गरिएको छ।

उनले भने, 'चोरी शिकारीसम्बन्धी जनचेतनासहित इकाइलाई सक्रिय बनाइएको छ।' निकुञ्जमा गैँडा तस्कर बढेपछि यस विषयमा अनुसन्धान सुरु गरिएको छ। गैँडा संरक्षणसँग आबद्ध सरोकारवाला निकायबीच छलफल गरी सचेतना तीव्र बनाउँदै सूचना संयन्त्र थप प्रभावकारी बनाउन गृहकार्य सुरु गरिएको नले बताए। गैँडाको बाक्लो बासस्थान रहेको क्षेत्रमा नियमित गस्ती बढाइएको र सो क्षेत्रमा रहेका समुदायलाई उच्च सतर्कता अपनाउन अनुरोध गरिएको निकुञ्जले जनाएको छ।

चालु आर्थिक वर्षमा निकुञ्जमा ११ गैँडा मरेका छन्। जसमध्ये ८ गैँडा कालगतिले मरेका हुन भने दुई वटा चोरी सिकारीले मारेका छन्। एउटा गैँडा गाउँ पस्ने क्रममा विद्युतीय करेन्ट लागेर मरेको तिवारीले जानकारी दिएका छन्। गैँडा मर्ने क्रम बढेसँगै निकुञ्जले वन र वन्यजन्तुसम्बन्धी सुरक्षामा विशेष काम सुरु गरेको छ। निकुञ्जमा नेपाली सेना र कर्मचारीको संयुक्त र एकल गरी ५७ पोस्ट छन्। ती पोष्टमध्ये कतिपयमा हात्तीसमेत छन्।

निकुञ्जमा दैनिक पैदल, साइकल, डुङ्गा, हात्ती र गाडीबाट नियमित गस्ती गरिँदै आएको छ। तिवारीका अनुसार अनुसन्धानमा कुकुरसमेत प्रयोग गरिन्छ। तस्करले गैँडा मारेपछि गस्ती कडाइका गरिनुका साथै तस्करीमा संलग्न भएकाको खोजी तीव्रता दिइएको उनले बताए।

सशस्त्र द्वन्द्वको समयमा चोरी तस्करीबाट एकै वर्षमा ४२ वटासम्म गैँडा मारिएका थिए। पछिल्ला वर्षमा चोरी सिकार नियन्त्रण हुँदै शून्यमा झरेको थियो। पुनः तस्करी सुरु भएपछि यसलाई विशेष ध्यान दिएर नियन्त्रणको अभियानमा निकुञ्ज प्रशासन लागेको जनाइएको छ। पछिल्लो गणना अनुसार नेपालमा सात सय ५२ एकसिङ्गे गैँडा छन्,  जसमध्ये छ सय ९४ चितवन राष्ट्रिय निकुञ्जमा छन्।

प्रकाशित: Jan 23, 2023| 12:36 सोमबार, माघ ९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।