नेपाली कांग्रेसले राष्ट्रपतिमा उम्मेदवारी दिने निर्णय गरेको छ। सोमबार सभापति शेरबहादुर देउवाको अस्थायी निवास धुम्बाराहीमा बसेको पार्टीको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले सो निर्णय गरेको हो।
उम्मेदवारी दिने निश्चित भए पनि उम्मेदवारको बारेमा भने छलफल नभएको एक नेताले बताए। कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएको छ। यसअघि सभामुख र उपसभामुखमा पनि कांग्रेसले उम्मेदवारी दिएको थियो।
प्रधानमन्त्री प्रचण्डले भने राष्ट्रपति राष्ट्रिय सहमतिमा टुंग्याउनेगरी तयारी अघि बढेको बताएका छन्।