काठमाडौं- दाङमा एम्बुलेन्सको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। घोराही उपमहानगरपालिका १३ दारेबोट चोकमा गएराति एम्बुलेन्सको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको हो।
मृत्यु हुनेमा घोराही उपमहानगरपालिका १० नारायणपुरका ४५ वर्षीय पूर्ण पुन मगर रहेका प्रहरीले जनाएको छ। एम्बुलेन्सको ठक्करबाट गम्भीर घाइते भएका पुनलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट थप उपचारका लागि भैरहवा पुर्याउना साथ चिकित्सकले मृत घोषणा गरेका थिए।
रोल्पाबाट घोराही आउँदै गरेको रा१झ १९७ नम्बरको एम्बुलेन्सले विपरित दिशाबाट जाँदै गरेको मोटरसाइकललाई गएराति ९ बजे ठक्कर दिएको थियो। एम्बुलेन्स सहित चालकलाई दाङ प्रहरीले नियन्त्रणमा लिएको छ।