आइतबार, साउन ५, २०८२

काठमाडौंमा सवारी दुर्घटना हुँदा दुई जना घाइते

काठमाडौंमा ट्याक्सी र मोटरसाइकल आपसमा ठोक्किँदा दुई जना घाइते भएका छन्।
 |  सोमबार, माघ ९, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, माघ ९, २०७९

काठमाडौं- काठमाडौंमा ट्याक्सी र मोटरसाइकल आपसमा ठोक्किँदा दुई जना घाइते भएका छन्। भद्रकालीको आकाशे पुल नजिक गएराति ट्याक्सी र मोटरसाइकल आपसमा ठोक्किँदा दुई जना घाइते भएका हुन्।

घाइते हुनेमा मोटरसाइकल चालक उदयपुरको रौतामाई गाउँपालिका ७ घर भई हाल भक्तपुर बस्ने टेकराज मगर र पछाडि सवार दोलखाको गौरीशंकर गाउँपालिका २ घर स्थाभी घर भई हाल बालाजु बस्ने २० वर्षीय दिनेश कार्की रहेका प्रहरीले जनाएको छ। 

घाइते दुवैको महांकालस्थित राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ। घाइते भएका मध्ये कार्कीको अवस्था गम्भीर रहेको छ।  बा२ज ९५ नम्बरको ट्याक्सी र प्रदेश १-५-००१ प ५५२३ नम्बरको मोटरसाइकल गएराति पौने ११ बजे आपसमा ठोक्किएको प्रहरी वृत्त सिंहदरबारले जनाएको छ।


प्रकाशित: Jan 23, 2023| 10:00 सोमबार, माघ ९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।