काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको उपनेतामा विराजभक्त श्रेष्ठ र प्रमुख सचेतकमा सन्तोष परियार चयन भएका छन्। आज बसेको संसदीय दलको बैठकले उपनेतामा श्रेष्ठ र प्रमुख सचेतकमा परियारलाई चयन गरेको हो। परियार समानुपातिकबाट र श्रेष्ठ प्रत्यक्षबाट निर्वाचित सांसद हुन्।
आज संसदीय दलको बैठकअघि रास्वपाको केन्द्रीय समिति बैठक बसेको थियो। उक्त वैठकले संगठन विस्तार कार्यविधि पारित गर्नुका साथै विभिन्न विभागहरुको गठन गरेको छ।