आइतबार, साउन ५, २०८२

पर्वले संस्कृति संरक्षणमा प्ररेणा मिल्छ : अध्यक्ष ओली

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सोनाम ल्होछार (तवार ल्हो) पर्वले समुदायको रिति, परम्परा र संस्कृतिको संरक्षण र सम्वद्र्धन गर्दै अघि बढ्न प्ररेणा प्रदान गर्ने बताएका छन्।
 |  आइतबार, माघ ८, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, माघ ८, २०७९

काठमाडौं- नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सोनाम ल्होछार (तवार ल्हो) पर्वले समुदायको रिति, परम्परा र संस्कृतिको संरक्षण र सम्वद्र्धन गर्दै अघि बढ्न प्ररेणा प्रदान गर्ने बताएका छन्। 

सोनाम ल्होछार (तवार ल्हो)को शुभकामना सन्देश दिँदै उनले विभिन्न संस्कृतिमा आधारित यस्ता पर्वले मुलुकको राष्ट्रिय एकता, पारस्परिक सामाजिक सद्भाव र सहिष्णुताका मौलिकका आधार रहेको उल्लेख गरे। 

संविधानले विविध भाषा तथा संस्कृति विषयलाई मौलिक हकका रुपमा सुनिश्चित गरेको भन्दै उनले विभिन्न समुदायका धार्मिक तथा सांस्कृतिक आस्थालाई सम्मान गर्दै नेपालमा विभिन्न भाषा, लिपि, धर्म, संस्कृति, सभ्यता र सांस्कृतिक सम्पदाको संरक्षण हुँदै आएको बताए। 

अध्यक्ष ओलीले नेपाल सुन्दर देशको बहुसांस्कृतिक विशेषता मौलिक पूँजीको रुपमा रहेको उल्लेख गर्दै एकता र सहिष्णुताको विशेषतालाई समृद्ध देश निर्माणमा सदुपयोग गर्नुपर्ने बताए। 

सन्देशमा उनले लोकतन्त्रलाई राजनीतिक अधिकारको सङ्कुचित परिभाषाबाट माथि उठाउँदै जनताका सम्पूर्ण आवश्यकता र अधिकार परिपूर्तिको जीवनमूल्य समेटिएको परिपूर्ण लोकतन्त्रका रुपमा व्यवहारमा अनुदित गर्न चाहेको बताए।

“हामी जनताको जीवनमा परिवर्तन ल्याउन देशलाई सुुशासनयुक्त, पछौटेपनयुक्त, गरिबीरहित, सुशिक्षित, आधुनिक, समृद्ध र सुविधा सम्पन्न बनाउन आफूले लिएको अग्रसरतालाई अझ असाधारण र द्रूतगतिलाई अघि बढाउन चाहन्छौँ”, उनले सन्देशमा भनेका छन्,  “समृद्ध नेपाल, सुखी नेपालको राष्ट्रिय आकाङक्षालाई पूरा गर्न आआफ्नो ठाउँबाट योगदान गर्न सबैमा आग्रह गर्दछु।” रासस

प्रकाशित: Jan 22, 2023| 07:20 आइतबार, माघ ८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...