आइतबार, साउन ५, २०८२

संविधानमाथि खतरा बढ्यो: कांग्रेस

प्रधानमन्त्री प्रचण्डको परीक्षा राष्ट्रपति चुनावमा हुने टिप्पणी पनि कांग्रेसको छ।
 |  शनिबार, माघ ७, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, माघ ७, २०७९

नेपाली कांग्रेसले संविधानमाथि खतरा बढेको बताएको छ। केपी ओलीबाट संविधानमाथि खतरा रहेको उसको भनाइ छ।

प्रधानमन्त्री प्रचण्डको परीक्षा राष्ट्रपति चुनावमा हुने टिप्पणी पनि कांग्रेसको छ। उपसभामुख निर्वाचनपछि शनिबार संसदबाट बाहिरिने क्रममा कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले केपी ओलीको समर्थनका उम्मेदवारको विजयले संविधानमाथि खतरा बढेको बताए।

महतले भने, 'संविधान रक्षाको कुरा गरेकाले हामीले प्रधानमन्त्रीलाई विश्वासको मत दिएका हौं। हिजो उहाँले संविधान रक्षाका लागि भनेर गठबन्धन गर्नुभएको थियो, उहाँ पुरानो गठबन्धन छाडेर जानुभयो। अहिलेको परिवेशमा संविधानमाथि केपी ओलीजीबाट झन् खतरा बढेको छ। संसद् विघटनको कुरा उहाँले प्रमुख विषय बनाउनुभएको छ। संविधानको पक्षमा उभिने कि नउभिने प्रधानमन्त्री सभामुख र उपसभामुख चुनावमा उहाँ उत्तीर्ण हुनुभएन। अब राष्ट्रपति र उपराष्ट्रपतिको चुनावमा सबैभन्दा महत्त्वपूर्ण घडी छ।

उनले अन्य दलहरूले पनि सत्ता स्वार्थमा केपी ओलीसामु मुण्टो लुकाएर बसेको आरोप लगाए। ओलीले संसद् विघटनका विषयमा दिएको अभिव्यक्तिले फेरि संविधानमाथि खतरा देखिएको उनको भनाइ छ। 'ओलीजीले संसद् विघटन मुख्य मुद्दा बनाउनुभएको छ। त्यसैले हामी जागरुक भएका हौं,' उनले भने।


प्रकाशित: Jan 21, 2023| 18:45 शनिबार, माघ ७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...