आइतबार, साउन ५, २०८२
  • गृहपृष्ठ
  • समाज
  • विदेश रोजगारीमा जानेलाई ठगीबाट जोगिन काठमाडौं प्रहरीले गरायो सचेत

विदेश रोजगारीमा जानेलाई ठगीबाट जोगिन काठमाडौं प्रहरीले गरायो सचेत

सामाजिक सञ्जालमा व्यक्तिगत पहिचान नखुलेका व्यक्तिलाई नागरिकता, राहदानीलगायत कागजात नदिन प्रहरीको आग्रह।
 |  शनिबार, माघ ७, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, माघ ७, २०७९

काठमाडौं– महानगरीय प्रहरी परिसर काठमाडौंले वैदेशिक रोजगारी तथा अध्ययनका लागि जानेमाथि ठगी भएको गुनासो बढेपछि त्यसबाट जोगिन सचेत गराएको छ। प्रहरीले सर्वसाधारणलाई सूचनामार्फत ठगी गिरोहबाट जोगिन आग्रह गरेको हो। 

ठगी गर्ने गिरोहले ह्वाट्सएपलगायत सामाजिक सञ्जालमा विदेश पठाइने भन्दै विज्ञापन प्रकाशन गर्ने र त्यसमार्फत कुनै पनि व्यक्तिलाई सम्पर्क गर्दै आएको प्रहरीले बताएको छ। प्रहरीका अनुसार विदेश पठाइदिने भन्दै गिरोहले पीडित व्यक्तिको राहदानी, नागरिकतालगायत कागजात लिने र रकम आवश्यक भएको भन्दै आफ्नो खातामा जम्मा गर्न लगाउने काम गर्दै आएको छ।

गिरोहले सबै काम सकेपछि सम्बन्धित खातावाल व्यक्तिको नागरिकता र राहदानी लिएर पीडित व्यक्तिकै नामबाट पुरानो सिम हराएको भनी नयाँ सिम लिने गरेको परिसरले जनाएको छ। नयाँ सिम लिएर बैंकिङ एप्स डाउनलोड गरी ओटिपी कोड लिएर खातामा अनधिकृत रूपमा पहुँच पु¥याउने गरेको प्रहरीले बताएको छ।

परिसरले यस्ता घटनाबाट जोगिन कुनै पनि एप्स वा लिंकमा क्लिक नगर्न सुझाएको छ। प्रहरीले सामाजिक सञ्जालमा व्यक्तिगत पहिचान नखुलेका व्यक्तिलाई नागरिकता, राहदानीलगायत कागजात नदिन आग्रह गरेको छ। यस्तै, ई–बैंकिङ, मोबाइल बैंकिङ सञ्चालनमा रहेको मोबाइल नम्बर अरूलाई चलाउन नदिन प्रहरीले सचेत गराएको छ।

प्रकाशित: Jan 21, 2023| 17:14 शनिबार, माघ ७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।