आइतबार, साउन ५, २०८२

सात वर्षपछि पुरानो घर फर्किंदै बाबुराम

२०७२ मा संविधान निर्माणपछि माओवादी परित्याग गरेका बाबुराम भट्टराई पछिल्लो ७ वर्षमा पाँच वटा राजनीतिक दलमा आबद्ध भइसकेका छन्। आफैंले जन्माएका दलले डुंगा पार नलगाएपछि अन्ततः पुरानै मूल घर फर्किने सुरसारमा छन् उनी।
 |  आइतबार, माघ ८, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, माघ ८, २०७९

काठमाडौं- ९ असोज २०७२ मा तत्कालीन एकीकृत माओवादी परित्यागको घोषणा गरेर राजनीतिलाई तरंगित बनाएका नेपाल जनता समाजवादी पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई छिट्टै पुष्पकमल दाहाल नेतृत्वको मूल घरमै फर्किने भएका छन्।

पत्रकार सम्मेलन गरेरै एमाओवादी परित्यागको घोषणा गरेका बाबुरामले त्यतिबेला पुष्पकमल दाहाल प्रचण्डको तीन दशक लामो राजनीतिक सहकार्य तोडिएको घोषणा गरेका थिए। भट्टराईले साधारण सदस्यसमेत नरहने गरी पार्टी परित्याग गरेको जानकारी माओवादी सुप्रिमो प्रचण्डलाई गराएका थिए।

त्यतिबेला एमाओवादी फर्कने विषयबारे पत्रकारले सोधेको प्रश्नमा भट्टराई बोलेका थिए। ‘पुरानो घर, भत्किएको घर र छाडेको घरमा जाने कुरा हुँदैन।’ अब विस्तार नयाँ घर बनाउने हो।’

२०५२ मा माओवादीले जनयुद्ध सुरु गर्नुअघि संयुक्त जनमोर्चा नेपालले भट्टराईकै नेतृत्वमा ४० बुँदे माग तत्कालीन देउवा सरकारलाई बुझाएको थियो। त्यतिबेलादेखि प्रचण्डसँगै रहेका बाबुराम अचानक पार्टीबाट बाहिरिएपछि उनलाई बुझ्ने सबै अचम्भित भएका थिए। उबेला गोरखा १ बाट प्रत्यक्ष निर्वाचित भट्टराईले संसद् सदस्यबाट पनि राजीनामा दिएको घोषणा गर्दै राजीनामापत्र सभामुखलाई समेत बुझाएका थिए।

सुरुमा एमाओवादी त्यागेर नयाँ पार्टी खोल्ने/नखोल्ने निर्णयमा पुगिनसकेको बताएका उनले त्यसको केही समयपछि २०७३ मा नयाँ जनशक्ति पार्टीलाई जन्म दिएर आफैं अध्यक्ष भएको घोषणासमेत गरे।

२०७२ मा संविधान निर्माणपछि माओवादी परित्याग गरेका बाबुराम भट्टराई पछिल्लो ७ वर्षमा पाँच वटा राजनीतिक दलमा आबद्ध भइसकेका छन्। आफैंले जन्माएका दलले डुंगा पार नलगाएपछि अन्ततः पुरानै मूल घर फर्किने सुरसारमा छन् उनी।

काठमाडौं उपत्यकाका सडकलाई चौडा पार्ने र विकासको भिजन भएका नेता भट्टराई राजनीतिमा भने असफल हुँदै आएका छन्। जनशक्ति पार्टी गठन गरेर २०७४ को निर्वाचनमा होमिएका उनले आफ्नो निर्वाचन क्षेत्र गोरखाबाट कांग्रेसको समर्थनमा जित हासिल गरे पनि अन्य स्थानमा शून्य अवस्थामा रहनुपर्‍यो। जनशक्ति पार्टीबाट पार नलागेपछि भट्टराई उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी पार्टीमा मिसिन पुगे। 

२०७२ मा संविधान निर्माणपछि माओवादी परित्याग गरेका भट्टराईले पछिल्लो ७ वर्षमा पाँच वटा राजनीतिक दलमा आबद्ध भइसकेका छन्। २०७३ नयाँ शक्ति पार्टी खोलेका थिए। नयाँ शक्ति पार्टी सफल हुने नदेखेपछि समाजवादी पार्टी नेपाल खोलेका उनले त्यसलाई पनि लामो समय टिकाउन सकेनन् र मधेसकेन्द्रित दल संघीय समाजवादी फोरमसँग समाहित गर्न पुगे।

उनले समाजवादीमा पार्टी मिसाएको एक वर्षमै सबै मधेस केन्द्रित दल एक ठाउँ हुने गरी जनता समाजवादी पार्टी (जसपा) गठन भएको थियो। २०७९ साउनमा जसपा अध्यक्ष उपेन्द्र यादव र  बाबुरामबीच पार्टी संरचना र सरकारमा सहभागी मन्त्रीको विषयलाई लिएर विवाद बढ्यो। सोही विवादका कारण बाबुरामलाई अध्यक्ष उपेन्द्रले पार्टीबाटै निष्कासित गरिदिए। जसपाले निष्कासित गरेपछि भट्टराईले नयाँ पार्टी नेपाल समाजवादीलाई जन्म दिए, २० साउन २०७९ मा। हाल उक्त पार्टीमा भट्टराई र महेन्द्रराय यादव अध्यक्ष रहेका छन्। 

प्रचण्डसँग बाबुराम
४ मंसिरको निर्वाचनमा नेकपा माओवादी केन्द्रको चुनाव चिह्न लिएर नेपाल समाजवादी पार्टी चुनावी मैदानमा उत्रिएको थियो। काठमाडौं ४ बाट चुनाव लडेकी भट्टराई पुत्री मानुषी यमी भट्टराई पराजित हुन पुगिन् भने पार्टीका अर्का अध्यक्ष महेन्द्र राय यादवले भने महोत्तरीबाट चुनाव जिते। चुनावताकै नेकपा माओवादी केन्द्रसँग नजिकिएका भट्टराईले आफ्नो निर्वाचन क्षेत्र गोरखा २ पार्टी अध्यक्ष प्रचण्डलाई सुम्पिएर राजनीतिबाट किनाराकृत भए। पछिल्लो समय प्रचण्डसँग नजिक रहेका भट्टराईले नेपाल समाजवादी पार्टीलाई नेकपा माओवादीमा बिलाउने योजनाअनुसार दुई पार्टीबीच एकता प्रक्रिया अघि बढेको छ। 

दुई पार्टीका वार्ता टोलीबीच शनिबार पहिलो बैठक बसेको छ। आजकोे बैठकमा तीन महत्त्वपूर्ण विषयमा सहमति भएको नेसपाका कार्यकारिणी सदस्य गंगा श्रेष्ठले बताएका छन्। दुई पार्टीबीचको एकता शीघ्र सम्पन्न गर्न आ–आफ्ना दलमा ठोस प्रस्ताव गरी पेस गर्ने तथा दुवै पार्टीको विधान र प्रतिवेदनलगायत दस्तावेज आदान–प्रदान गर्ने सहमति भएको छ। वार्ता टोलीको अर्को बैठक १० माघमा बस्ने सहमति भएको छ। गत निर्वाचनमा दुई पार्टीले एकै निर्वाचन चिन्हबाट चुनाव लडेका थिए। १० माघमा बस्ने बैठकले सम्भवतः बाबुरामलाई उही पुरानो घर, भत्किएको घर र छाडेको घरमा जाने बाटो खुल्नेछ। नयाँ घर बनाउने उनको चाहना हालका लागि स्थगन हुनेछ।

प्रकाशित: Jan 22, 2023| 07:54 आइतबार, माघ ८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...